सञ्जु सामसनको शतकीय योगदानसँगै पुनेमाथि दिल्लीको शानदार जित

३० चैत, काठमाडाैं । सञ्जु सामसनको शतकीय योगदानसहित दिल्ली डेयरडेभिल्सले इण्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा राइजिङ पुने सुपरजायन्टलाई ९७ रनले हराएको छ ।

महाराष्ट्र क्रिकेट एशोसियसनको मैदान पुनेमा गएराति सम्पन्न खेलमा भ्रमणकारी टोलीका लागि २२ बर्षीय स्टार सञ्जु सामसनले शतकीय योगदान गरे । उनको आइपिएलमा पहिलो शतक हो ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ४ विकेट गुुमाउँदै २०५ रन बनायो । सन् २०१२ पछि दिल्लीले आफ्नो इनिङमा २०० भन्दा बढी रन प्रहार गरेको यो पहिलो पटक हो । ओपनर आदित्य तारे शून्यमै आउट भएपछि आएका सामसनले ६३ बल खेलेर ८ चौका र ५ छक्का प्रहार गर्दै १०२ रन बनाए ।

दिल्लीका लागि क्रिस मोरिसले पनि शानदार इनिङ खेल्ने क्रममा ९ बलमा चार चौका र ३ छक्कासहित ३८ रन बनाए । रिसभ पन्तले ३१ र साम बिलिङले २४ रन दिल्लीको खातामा जोडे । दिल्लीलाई रोक्न घरेलु बलरहरु असफ बने ।

दिल्लीको बलिङ आक्रमण शानदार बन्दा २०६ रनको बिशाल लक्ष्य पछ्याएको पुने १६.१ ओभरमा १०८ रनमै समेटियो । अमित मिश्रा र कप्तान जहिर खानले ३/२, प्याट क्युमिन्सले २ तथा क्रिस मोरिस र नदिमले १/१ विकेट लिएपछि पुने धराशायी बनेको थियो ।

पुनेका लागि मयंक अग्रवालले सर्बाधिक २० रन जोडेका थिए । उसका ५ ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । सामसन खेलको म्यान अफ द म्याच बने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार