आइएफसीको ऋण लगानीमा खुम्बु क्षेत्रमा ४७ करोडको होटल बन्दै

१ बैशाख, काठमाडौं । विश्व बैंकको निजी क्षेत्रमा लगानी गर्ने संस्था आइएफसी (इन्टरनेशनल फाइनान्स कर्पोरेशन) को ऋण सहयोगमा खुम्बु क्षेत्रमा ४७ करोडको लागतमा होटल भन्ने भएको छ । हिमालयन चेन रिसोटले गोक्यो ताल र एभरेष्ट आधार शिविरको मार्गमा निर्माण गरिरहेको होटल आयोजनामा आइएफसीले १७ करोड रुपैयाँ लगानी गर्ने भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यो होटल आयोजना निर्माणको लागि आइएफसीले दिर्घकालिन कर्जा दिएको हो । यस आयोजनाको लागि आवश्यक बाँकी २५ करोड रुपैयाँ लगानी एस्ट्रिक समूहका सेयर लगानीकर्ताहरुले गर्ने भएका हुन् । हिमालयन चेन रिसोट एस्ट्रिक समूहको पूर्ण स्वामित्वको कमपनी हो ।

हाल ३ वटा चेन लज सञ्चालन गरिरहेको हिमालयन चेन रिसोटले आइएफसीको सहयोग पाएसँगै कुल १० वटा लज बन्ने भएको हो । सन् १९९६ मा सुरु भएको हिमालयन चेन रिसोटको हाल ३ वटा लज सञ्चालनमा छ भने फाकडिङ, डिङबोचे, गोक्यो, डोले, मर्छेमो, नाम्चे, खुमजुङ लेबुचे गरि ८ क्षेत्रमा जग्गा रहेको छ । यही क्षेत्रमा आठ वटा लज बन्ने भएको हो ।

एस्ट्रिक समूह आङ छिरिङ शेर्पा र उनको परिवारको कम्पनी हो । पर्यटन व्यवसायी दावा स्टेभिन शेर्पासँग हिमालयन चेन रिसोटको ७५ प्रतिशत र बाँकी अन्य परिवारको नाममा २५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

आइएफसीले बंगलादेशको बेङगाल होटल र रिसोटमा पनि १८ करोड लगानी गर्ने

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार