साहित्य प्रेमीले जन्माए नेपाल–अफ्रिका साहित्य समाज

१५ अप्रील, अमेरिका । साहित्य प्रेमी नेपालीहरुले नेपाल–अफ्रिका साहित्य समाज स्थापना गरेका छन् । अफ्रिका महादेशमा नेपाली भाषा ,साहित्य र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले समाजको गठन गरिएको हो ।

नवगठित समाजको नेतृत्व हिक्मत थापाले पाएका छन् । थापा नाइजेरियामा छन् । सदस्यहरुमा कृष्णदत्त भट्ट (केन्या) ,शिव पौडेल (तान्जानिया) , गणेश खडका (सेसेल्स) र तेजेन्द्र बिबश (युगान्डा) रहेको समाजका संयोजक थापाले जानकारी दिए ।

अफ्रिकामा नेपाली कला साहित्यसम्बन्धी कार्यक्रमहरु आयोजना गर्ने , नेपाली साहित्यका पुस्तकहरु प्रकाशन गर्ने र अफ्रिकी साहित्यलाई नेपालमा र नेपाली साहित्यलाई अफ्रिकामा प्रबर्द्धन गर्ने समाजको योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार