यसकारण आफैं नछान्नुस् फेसबुकको प्रोफाइल पिक्चर

यदि तपाइँ फेसबुकमा यस्तो प्रोफाइल पिक्चर राख्दै हुनुहुन्छ र उक्त प्रोफाइल पिक्चर निकै प्रभावकारी होस् र अरुहरुमाझ आफुलाई प्रभावशाली रुपमा पेश गरोस् भन्ने चाहनुहुन्छ भने प्रोफाइल पिक्चर छनोट गर्ने काम आफुले नगर्नुहोस् ।

प्रोफाइल पिक्चर छनोट गर्ने काममा तपाइँले एउटा यस्तो व्यक्तिको सहयोग लिनुहोस् जसले तपाइँलाई चिन्दैन ।

अष्ट्रेलियाको युनिभर्सिटी अफ न्यू साउथ वेल्सका शोधकर्ताहरुले फेसबुकको प्रोफाइल पिक्चरको विषयमा एक अध्ययन गरेका छन् ।
उक्त अध्ययन अनुसार कुनैपनि व्यक्ति आफ्नो प्रोफाइल पिक्चरका लागि उस्तो असरदार तस्वीर छान्न सक्दैन जति कुनै अपरिचितले छानिदिन सक्दछ ।

शोधकर्ताको निष्कर्ष छ : अनलाइन प्रोफाइल पिक्चरका लागि कुनै व्यक्तिको स्वयं छनोट निकै घटिया हुन्छ, जसले उसका बारेमा अन्य मानिसको सोँचलाई प्रभावित गर्दछ ।

शोधकर्ताका अनुसार फोटोकै आधारमा अन्य मानिसहरुले कुनैप्नि मानिस प्रति आफ्नो धारणा बनाउँछन् । कतिपय रोजगार दाताले त फोटोकै आधारमा कुनैपनि व्यक्तिलाई जागिर दिने वा नदिने भन्ने कुराको निधो पनि गर्ने गर्छन् । त्यस्तै कसैसँग डेटिङ गर्ने, मित्रता गर्ने, चुनावमा भोट हाल्ने जस्ता कुराको छनोटमा समेत व्यक्तिको तस्वीरले प्रभाव पार्दछ ।

त्यसक्रममा शोधकर्ताहरुले १०२ जना विद्यार्थीहरुमा अध्ययन गरेका थिए । त्यसक्रममा उनीहरुलाई आफ्ना १२ फोटोमध्ये आफुलाई सबैभन्दा मन पर्ने र फेसबुकमा प्रोफाइल पिक्चर राख्ने चाहने खालका २ फोटा छनोट गर्न लगाइएको थियो । त्यसपछि सहभागीहरुका तिनै १२-१२ वटा फोटो अन्य अपरिचित व्यक्तिहरुलाई दिएर त्यसबाट प्रोफाइल पिक्चरमा सबैभन्दा बढि सुहाउने २-२ वटा तस्वीर छान्न भनियो ।
स्वयं छनोट र अपरिचितले गरिदिएको छनोटका तस्वीरको विश्लेषण गर्ने क्रममा शोधकर्ताहरुले के ठहर गरे भने व्यक्ति आफैले छनोट गरेको तस्वीर भन्दा अपरिचितले छानिदिएको तस्वीर बढि प्रभावकारी हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार