एनसेलले ल्यायो ‘कलआयो बोनस पायो’ अफर

३१ चैत, काठमाडौं । एनसेलका सबै ग्राहकले अब विश्वका कुनै पनि देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेट बोनस टक टाइम पाउने भएका छन् ।

एनसेलले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि बोनस टक टाइमका साथ ‘कलआयो बोनस पायो’ अफर ल्याएको छ । नयाँ वर्ष २०७४ को उपलक्ष्यमा ल्याइएको यो योजना यहि बैशाख १ गते (शुक्रबार)देखि लागु हुनेछ ।

यस योजनाअन्र्तगत ग्राहकले विदेशबाट आफ्ना आफन्तजन, साथीभाई र प्रियजनहरुले गरेको कल उठाई कुरा गरेको दुई मिनेट पुरा भएपछि ग्राहकले स्वतः दुई मिनेटको बोनस टक टाइम पाउने छन् ।

फोनमा जति मिनेट कुरा भएपनि ग्राहकले दुई मिनेट पुरा भएपश्चात एक पटक मात्र बोनस टक टाइम पाउँने छन् । यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । उक्त बोनसबाट ग्राहकले एनसेलको नेटवर्क भित्र कुरा गर्न सक्नेछन् ।
एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरी प्राप्त निर्देशनअनुसार यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्नेछन् । त्यसैगरी, ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो योजनामा सामेल हुन सक्छन् । यो योजना तीन महिनासम्म मात्र चल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार