अण्डकोषको स्विच थिचेर परिवार नियोजन

गर्भ निरोधका लागि विभिन्न खाले परिवार नियोजनका साधनहरुको प्रयोग गर्ने गरिन्छ । एक जर्मन कम्पनीले चाहीँ पुरुषका लागि एउटा यस्तो गर्भनिरोधको साधन डिजाइन गरेको छ जसमा केवल एक स्विच दबाउँदैमा गर्भ रोक्न सकिन्छ ।

उक्त साधनको एक बटन दबाउँदा पुरुषको शुक्रकिटको बहावको दिशा बदलिन्छ । जसका कारण महिलामा गर्भाधानको चिन्ता हुँदैन । यस प्रकार यो साधनको प्रयोगको दौरान गर्भनिरोधको पूरा कमाण्ड पुरुषको हातमा हुनेछ ।

जानकारी अनुसारयो गर्भनिरोध साधनमा भल्भको डिजाइनिंगका बेला यो कुराको ख्याल गरिएको छ की शुक्रकिटको बहावका दौरान उसको दिशा परिवर्तन होस् ।

जसका कारण सहवासका क्रममा निस्कने शुक्रकिट महिलाको योनीमा नगई फर्किएर पुरुषकै अण्डकोषमा आउँछ ।

यसलाई बीमेक एसएलबी पनि भनिन्छ । यसको लम्बाइ १ इन्च भन्दा कम हुन्छ र तौल चाहीँ एक औँसको दश भागको एक भाग बराबर । अर्थात् यो नगन्य तौल् हो । यसले पुरुषको भ्यासेक्टोमीमा जस्तै काम गर्दछ । यो भल्बलाई पुरुषमा प्रत्यारोपण गर्दा केबल आधा घण्टा लाग्दछ ।
गर्भनिरोधका लागि यसलाई निकै सजिलो तरिका बताइएको छ । समाचार अनुसार यसमा एउटा स्विच लगाइएको हुन्छ, जसलाई अन अफ गरेर पुरुषले आफ्नो शुक्रकिटको बहाबलाई सजिलैसँग नियन्त्रण गर्न सक्दछन् ।

यो स्विच अण्डकोषमा लगाइन्छ । जब गर्भाधानको इच्छा हुन्छ तब पुरुषले अण्डकोषमा रहेको यो स्विच अफ गरेर सहवास गरी महिलाको यौनांगभित्र विर्यपतन गर्न सक्दछ ।

कण्डम तथा भ्यासेक्टोमीको निकै भरपर्दो विकल्पको रुपमा यसलाई मानिएको छ। भ्यासेक्टोमीको बेला सामान्य शल्यक्रिया गर्नुपर्दछ तर यो भल्भ लगाउँदा कुनै शल्यक्रियाको आवश्यकता पर्दैन ।

यो स्विचवाला गर्भनिरोधको साधनलाई परीक्षणका रुपमा २५ जना पुरुषमा लगाइनेछ । परीक्षणमा प्राप्त सफलतासँगै यसलाई व्यवसाियक प्रयोगमा ल्इाउन भने केही समय लाग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार