१ करोड १२ लाखमा बिक्यो टाइटानिकको चाँबी

सामुद्रिक दुर्घटनाको इतिहासमै अहिलेसम्मकै ठूलो दुर्घटनाको रुपमा रहेको टाइटानिक जहाज दुर्घटनापछि समुद्रबाट यसका कैयन् अवशेषहरु बाहिर निकालिसकिएको छ ।

सन् १९१२ मा दुर्घटनाग्रस्त भएको टाइटानिक जहाजको एउटा चाँबी हालै लिलाम भएको छ ।

टाइटानिक जहाजको लाइफ ज्याकेट राख्ने लकरको उक्त चाँबी ८५ हजार पाउण्ड अर्थात् झण्डै १ करोड १२ लाख रुपैयाँमा लिलाम भएको हो ।
बेलायतको डेभाइजेजमा भएको लिलामीका क्रममा टाइटानिकको उक्त चाँबीसँगै अन्य विभिन्न सामानहरु पनि बिक्रि भएका थिए ।

लिलामीमा विश्वभरका कैयन् दिग्गजहरु उपस्थित थिए । उक्त चाँबीको मूल्य ५० हजार पाण्ड सम्म पर्ने अनुमान गरिएको थियो तर क्रेताले त्यसभन्दा धेरै बोली लगाएर टाइटानिकको चाँबी किने । टाइटानिकमा यात्राका क्रममा उक्त चाबी तथा लाइफ ज्याकेटको उक्त नम्बरको बाकस बेलायतको साउथह्याम्पटनका २३ वर्षीया सिड्नी शेडनरीले प्रयोग गरेका थिए । शेडनरीको टाइटानिक दुर्घटनामा मृत्यु भयो ।
एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार