सगरमाथा क्षेत्रमा पर्यटकीय प्रभाव


कुल भू–भागको २४ प्रतिशत ओगटेको उच्च पर्वतीय भू–भागमा कुल जनसङ्ख्याको १४ प्रतिशत मानव बसोबास गर्छन् । उच्च पर्वतीय क्षेत्रलाई शुद्धपानीको संरक्षणकर्ता मानिन्छ । विविध जीवजन्तु, हावापानी, सिमसार क्षेत्र, मनमोहक दृश्य, दुर्लभ पशुपक्षी, कोणधारी जङ्गल, जडीबुटी जस्ता विशेषताका कारण नै उच्च पर्वतीय क्षेत्रको महŒवलाई विश्वले हेरेको छ ।
नेपालको पूर्वी भागको उच्च शृङ्खलामा अवस्थित सगरमाथा क्षेत्र (खुम्बु क्षेत्र) पर्वतारोहण, वन्यजन्तुको अवलोकन, शेर्पा संस्कृतिको अध्ययन साथै गोकियो ताल शृृङ्खलाप्रति आकर्षित भएर प्रतिवर्ष हजारौँ पर्यटक आउने गर्छन् । आर्थिक विकास र वातावरण संरक्षण कार्यमा यस क्षेत्रले अग्रणी भूमिका खेलेको छ ।
यस क्षेत्रले हिमचुचुरो सगरमाथा लगायत लोत्से, चोयु, थामसेर्कु, नुप्से, आमादब्लम र पुमोरी जस्ता छ हजार मिटरभन्दा माथि उचाइका हिमशृङ्खलालाई समेटेको छ । प्राकृतिक, सांस्कृतिक र भौगोलिक हिसाबले पनि अनुपम मानिएको यस क्षेत्रलाई विश्व सम्पदाको सूचीमा राखिएको छ । पर्यटकीय हिसाबले अति नै आर्कषक यस क्षेत्रको संरक्षणले गर्दा वातावरणको गहिरो विश्लेषण गर्न, मनसुन चक्रको उतारचढाव हेर्न, प्रदूषणकारी तŒवको अनुसन्धान गर्न, हिमनदीहरूको अध्ययन गर्न, भूगर्भ शास्त्रसम्बन्धी ज्ञानको प्रवाह गराउन टेवा पुगेको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज अथवा खुम्बु क्षेत्रलाई विश्वपर्यटन उद्योगको पर्यायवाची शब्दसँगै दाजेर हेरिन्छ । सन् १९५० बाट खुम्बु क्षेत्रलाई पर्यटकका लागि खुला गरिएपछि हालसम्म करिब सात लाख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरिसकेका छन् ।
यस क्षेत्रमा सन् १९६४ मा जम्मा २० जना मात्र पर्यटकले भ्रमण गरेका थिए भने सन् २००८ मा आइपुग्दा २७ हजारभन्दा बढी हुन पुग्यो । सन् २०१२ मा ३६ हजार ५१२ जना पर्यटकले उक्त क्षेत्र भ्रमण गरे । पर्यटकको सङ्ख्यामा भएको निरन्तर वृद्धिले उक्त क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याएको छ ।
नकारात्मक असर
पर्यटक सङ्ख्यामा भएको निरन्तर वृद्धिले सांस्कृतिक तथा वातावरणीय क्षेत्रमा नकारात्मक असर पारेको देखिन्छ । होटल तथा आरोहण समूहले उत्पादन गरेको फोहर, जैविक विविधताको ह्रास, पानी प्रदूषण, वायु प्रदूषण जस्ता नकारात्मक प्रभाव बढ्न थालेको पाइन्छ ।
कतिपय पर्यटकीय हिसाबले खोलिएका साना चिया तथा कफी सपदेखि ठूला–ठूला होटल तथा लजमा आकर्षक शौचालय भए पनि उत्सर्जित वस्तु (दिसा पिसाब) को उचित व्यवस्थापन भएको देंिखँदैन । टे«किङ बाटोमा खोलिएका होटलमा जल्ने, नजल्ने, कुहिने, नकुहिने जस्ता फोहरको सङ्कलन र व्यवस्थापन पक्ष पनि वैज्ञानिक तवरले सबल नभएको पछिल्लो अनुसन्धानले देखाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमले यस क्षेत्रको वातावरणीय प्रभाव र समस्यालाई महŒवकासाथ प्रसारण गर्नुलाई पनि यसको समस्याको गम्भीरतालाई औँल्याइरहेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था डब्लू.डब्लू.एफ, एचएटी–जे, नेपाल पर्वतारोहण सङ्घ, सगरमाथा प्रदूषण नियन्त्रण समिति, संस्कृति तथा पर्यटन मन्त्रालय, विभिन्न स्थानीय वातावरणीय क्लब, युवा क्लबहरूले वातावरणीय प्रभावलाई न्यूनीकरण गर्नका लागि पहल गरे पनि वैज्ञानिक हिसाबले प्रभाव न्यूनीकरण हुन नसकेको वातावरणविद्को भनाइ छ ।
विभिन्न स्थान लुक्ला, फाक्दिङ, नाम्चे, गोक्यो, तेङवोचे, पाङवोचे, फेरिचे, दिङवोचे, लोवुचे गोरखसेप र सगरमाथा आधार शिविर पर्यटनका लागि प्रमुख ठाउँ हुन् । यहाँ पर्यटन उद्योगबाट उत्पादित फोहर सङ्कलन केन्द्र छन् तर ती केन्द्र पानीको स्रोत नजिकै भएकोले वातावरणमा दीर्घकालीन असर पुग्ने एक अनुसन्धानले देखाएको छ ।
शौचालय पनि अधिकांश पानीका स्रोत नजिकै बनाइएका छन् । यसले वातावरणमा नकारात्मक असर पर्नेतर्फ ध्यानाकर्षण हुन सकेको छैन । प्रायः मुख्य ट्रेकिङ बाटोका होटल र लजमा मात्र शौचालय छन् ।
सन् २००७ देखि २०१३ सम्म गरेको अध्ययन अनुसन्धानमा यस क्षेत्रको केही भागमा पानी प्रदूषित
(ब्याक्टेरिया) भएको, अन्य तŒवका पनि मानमा परिवर्तन भएको जस्ता निष्कर्ष निस्केका छन् । यस क्षेत्रको पानीको स्तर (ताल तलैया, हिमनदीमा मापनका लागि पानीमा भएको नाइटे«ट–नाइट्रोजन, फोस्फेट–फस्फोरस आइरन, म्यान्गानिज, सोडियम, म्याग्नेसियम सोडियम, म्याग्नेसियम, घुलित अक्सिजन जस्ता तŒवको वार्षिक मापन (प्रायः पर्यटनको मुख्य मौसममा) गरिएको थियो । मापन गर्दा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा तल मानहरू पाए पनि वार्षिक रूपमा परिवर्तन भएको देखिन्छ । यसैबाट नै जलस्रोत एवम् वातावरण मानवीय प्रभाव बढ्दै गएको पुष्टि हुन्छ ।
मानवीय क्रियाकलाप बढ्नु ढिलो बढ्ने धुपीका बोटहरू मासिँदै जानु, नकुहिने पदार्थको मात्रा बढ्दै जानु, माटोको उर्वराशक्ति ह्रास हँुदै जानु, पर्यटकको उचित व्यवस्थापन गर्न सरकारले नसक्नु जस्ता समस्याले विकराल रूप लिने हो कि भन्ने अनुसन्धानले देखाएको छ । यस क्षेत्रले थेग्न सक्ने पर्यटनको सङ्ख्या यकिन गर्नुपर्ने देखिन्छ । वैज्ञानिक तवरले फोहरमैला व्यवस्थापन गर्नुपर्ने देखिन्छ । शौचालय र फोहर जम्मा गर्ने खाडल निर्माण गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ । कुहिने र नकुहिने फोहर छुट्टयाइ पुनः प्रयोगको आवश्यकता देखिन्छ । भरियाहरूको उचित व्यवस्था गरेमा प्राकृतिक स्रोतको चापलाई कम गर्न सकिन्छ ।
सगरमाथा क्षेत्र विश्व सम्पदामा सूचीकृत भएको एक महŒवपूर्ण उच्च हिमाली भू–भाग हो । उक्त क्षेत्रको पर्यटकीय चाप दिनानुदिन बढ्दै गइरहेको छ । केही कदम चालिएको भए पनि वैज्ञानिक तरिकाले फोहरमैला सङ्कलन र व्यवस्थापन नहुनु, फोहर सङ्कलन केन्द्र पानीको स्रोत नजिकै निर्माण गर्नु, व्यवस्थित शौचालय र उत्सर्जित वस्तु सङ्कलन ट्याङ्की नबनाउनु, पर्यटकको थेग्न सक्ने सङ्ख्या निर्धारण नहुनु जस्ता कारणले सो क्षेत्रको वातावरण बिग्रने क्रम रोकिएको छैन । त्यसैले सबै पक्षलाई समेटेर एकीकृत वैज्ञानिक अध्ययन गरी उच्च पर्वतीय क्षेत्र (सगरमाथा क्षेत्र) को संरक्षण, संवद्र्धन र व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
अन्ततः सगरमाथा क्षेत्रको उच्चतम प्रयोग गर्ने गरी वातावरण संरक्षण र व्यवस्थापनमा ध्यान दिँदै प्राकृतिक रूपले धनी देश नेपाललाई विश्व जगत्मा नमुना पर्यटकीय गन्तव्यको रूपमा चिनाउन सरकार, सम्बन्धित सङ्घ संस्थासमेतले वैज्ञानिक तवरले योजनाबद्ध रूपमा आवश्यक रणनीति साथ अघि बढ्नुपर्ने देखिन्छ ।
http://www.gorkhapatraonline.com/news/39197

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार