‘सोलु सल्लेरी’ को भिडियो बजारमा


सन्तोष राउत/सोलुखुम्बु

सोलुखुम्बु । नवराज बस्नेत ‘तारा’ को ‘सोलु सल्लेरी….’ को म्यूजिक भिडियो बजारमा आएको छ । बस्नेतको दोस्रो एल्बममा रहेको ‘सोलु सल्लेरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
यसअघि चेतन सापकोटाको सङ्गीतमा आधुनिक गीतको एल्बम ‘हार्दिक अनुरोध’ बजारमा ल्याइसक्नुभएका बस्नेतले हाल ‘सोलु सल्लेरी….’, र ‘लाहुरे सानु….’, बोलका लोक दोहोरी गीत रहेको उक्त एल्बमको भिडियो दर्शकमाझ ल्याउनुभएको हो । आफ्नै निर्देशनमा बनेको म्यूजिक भिडियोमा सोलुखुम्बुका विभिन्न स्थानलाई पहिचान दिने पर्यटकीय, धार्मिक, साँस्कृतिक स्थलहरुको दृश्य रहेको उहाँले जानकारी दिनुभयो ।
शिव दर्शन फिल्मसले बजारमा ल्याएको एल्बममा रहेको ‘सोलु सल्लेरी….’ बोलको गीतमा शब्द आफ्नै, सङ्गीत प्रेम मल्लको रहेको छ भने राजु परियार, नवराज बस्नेत, देवी घर्ती र जेनु बस्नेतको स्वर रहको छ । यसमा दुर्गेस थापा र सञ्जिता गुरुङले अभिनय गरेका छन् । त्यस्तै, ‘लाहुरे सानु….’ बोलको गीतमा शब्द तथा लय बस्नेतको आफ्नै, स्वर उहाँ सहित जय सुनुवार र टिका पुनको रहेको छ भने जय सुनुवार र रीता थापाले मुख्य अभिनय गरेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार