प्रधानन्यायाधिश कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता (महाअभियोगको पूर्णपाठ )


काठमाडौं, १७ बैशाख। प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको छ । प्रमुख दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको अगुवाईमा कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको हो ।

कांग्रेस र माओवादीका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् । मीनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेत समर्थक छन् र २४९ जनाले हस्ताक्षर गरेका छन् । उनीमाथि यस्तो अभियोग छ : ‘कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक-फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोग छ।’

संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ (१) अनुसार संसद सचिवालयमा आइतबार अपरान्ह ४ बजे पुगेर महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

कार्कीमाथि लगाइएका ९ आरोप :

१. प्रधानन्यायाधीश कार्कीले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, २. आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, ३. न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सिमित न्यायाधीसलाई इजलासमा राखेको, ४. कार्यविधि र कानुनको पालना नगरेको , ५. न्यायालयको गरिमा र स्वच्छतामा आघात पुर्याएको, ६. शक्ति पृथकिकरणको सिद्धान्तमा आँच पुर्याएको, ७. सर्वोच्च अदालतभित्र गुटबन्दी गरेको , ८. न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको, ९. खराब आचरण गरेको

प्रहरी महानिरीक्षक नियुक्तिको विवादलाई लिएर अदालतमा परेको मुद्दामा आदेश गर्दा कार्यकारीको अधिकारमाथि हस्तक्षेप गरेको आरोपमा कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरिएको हो। कार्की आउँदो जेठ २४ गते उनी अनिवार्य सेवानिवृत्त हुँदै थिइन् ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएको हो। महाअभियोग दर्ता सम्बन्धमा कुरा गर्दै सरकारका महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले भन्नुभयो, ‘आइजीपी विवादमा पहिलो व्यक्तिलाई दोस्रो र दोस्रोलाई पहिलो बनाइयो र अदालतमा गुटबन्दी गरियो त्यसैले उहाँ विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ।’ महाअभियोग प्रस्ताव दर्तासँगै उनी निलम्बनमा परेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार