सन्तोष राउत
सोलुखुम्बु । नव गायक प्रकाश राईको पहिलो एल्बम ‘मनको बाटो’ बजारमा आउने तयारी रहेको छ । सोलुखुम्बुका काकुमा–८, देप्कुमा जन्मेर पथप्रदर्शकका रुपमा पर्यटन व्यवसाय गर्दै आउनुभएका राईले कही दिनमानै बजारमा ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो ।
लोक, पप, पुर्वेली र आधुनिक सबै खालका गीत समेटिएको उक्त एल्बममा पद्मा लिङ्खा राईको शब्द तथा पविधन खालिङको संगीत रहेको ‘कहाँ बढी रमाउछौँ….’, सन्तोष प्रगाढको शब्द तथा संगीत रहको ‘चुरा दिउँला….’, ‘मुग्लान घुम्दै….’, संगम राईको शब्द तथा संगीत रहको ‘किँराती….’, रवि आर.एस.को शब्द तथा संगीत रहको ‘देखायौँ माया यसरी….’, मिनसागर लामाको शब्द तथा सन्तोष प्रगाढको संगीत रहेको ‘मनको बाटो….’ गरी छ वटा समावेश गरिएको छ ।
गीत सङ्गीतनै आमा बुबा सरह ठान्ने राईले समयको अभावले गर्दा एल्बम बजारमा ल्याउन ढिलो भएको बताउनुभयो । काठमाण्डौँको जमलस्थित सप्तरङ्गी सङ्गीत विद्यालयमा सङ्गीतको प्रशिक्षण समेत लिइरहनुभएका राई सानैदेखि सङ्गीत सुन्ने र गाउने गरेको बताउनुहुन्छ । मिठो धुनको सुन्नका लागि सानो उमेरमा स्कुल पढ्दा देखिनै भारी बोकेर पनि रेडियो किनेर सुन्ने गरेको अनुभव छ उहाँसँग ।