सोताङमा शाखा रहित बैङकिङ्ग सेवा सुरु

सन्तोष राउत

सोलुखुम्बु, वैशाख १९ गते । सोलुखुम्बुको व्यापारिक केन्द्र सोताङबजारमा राष्ट्रिय बाणिज्य बैङ्कको ‘शाखा रहित बैकिङ सेवा’ सञ्चालन आएको छ । सदरमुकामबाट करिब एक दिनको पैदल दुरीमा रहेको सोताङ बजारमा कोशीपारीका दुई वटा गाउँपालिकाका आधा दर्जन भन्दा बढी गाविसका स्थानीयलाई सहज हुने भएपछि स्थानीय हर्षित भएका छन् ।

शाखा सञ्चालनका लागि राष्ट्रिय बाणिज्य बैङ्कको सल्लेरी शाखाबाट केन्द्रीय कार्यालयमा पठाइएकाले प्रस्ताव स्विकृत भएसँगै सेवा सञ्चालनमा आएको शाखा प्रबन्धक श्यामकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय व्यवसायी दिपक खड्कालाई शाखाको प्रतिनिधिको रुपमा राखेर कारोबार सुरु भएको उहाँले बताउनुभयो । औपचारिक उद्घाटनमा समय लाग्ने भएकाले सेवा सुरु गरेको उहाँको भनाइ छ ।

भौगोलिक रुपमा विकट गाउँपालिकाबासीलाई गाउँमै सेवा दिने उद्देश्यले सेवाको सुरुवात गरिएको शाखाका प्रोपराइटर दिपक खड्काले बताउनुभयो । शाखा रहित सेवाबाट सम्पादन गरिने बैङकिङ्ग सेवा सबै दिन थालिएको उहाँले बताउनुभयो । अहिले खाता खोल्ने, रकम झिक्ने, नगद जम्मा गर्ने पेन्सन, विभिन्न किसिमका भत्ता, रकम पठाउने तथा पाउनेलगायतका काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

सोताङमा कृषि विकास बैङकको शाखा भएपनि द्वन्द्वकालमा उठेको थियो । यसअघि पैसा जम्मा गर्न तथा झिक्नका लागी दुई दिनको पैदल यात्रा गरी सदरमुकाम सल्लेरीसम्म धाउन बाध्य भएका स्थानीय सोताङबाटनै सेवा शुरु भएपछि खुशी भएको बताउँछन् । ‘थोरै रकमको कारोबार गर्न पनि सदरमुकाम धाउनुपर्ने थियो, अब धेरै सजिलो हुनेभयो’ स्थानीय एक कर्मचारी जे.पी.थुलुङले खुशी हुँदै भन्नुभयो । गाउँपालिकाको केन्द्र समेत रहेको सोताङमा अब सबै कारोबार हुने भएपछि दुईदिनको पैदल हिड्नु नपर्ने उहाँले बताउनुभयो । पछिल्लो समय सामाजिक सुरक्षा भत्ता समेत बैङ््कबाट भुक्तानी दिन थालिएकाले थोरै रकमका लागि सदरमुकाम जान नपर्ने र वृद्धवृद्धाहरुलाई सजिलो हुने उहाँको भनाइ छ ।

सोताङबजार कोशीपारिकोे प्रमुख व्यापारिक केन्द्र भएकाले यसले स्थानीयलाई धेरै सजिलो हुने बैङ्कले जनाएको छ । प्रतिनिधिलाई ‘पोइन्ट अफ सेल’ मेशिनको प्रयोग गरी त्यो मेशिनबाट भएका कारोबार सल्लेरी शाखासँग जोडिने छन् । साना बजार क्षेत्रमा सर्बसाधरणलाई आर्थिक कारोबार गर्न सहजता पु¥याउने उद्देश्यले देसका विभिन्न ग्रामिण क्षेत्रमा बिएलबि सेवा सञ्चालन गर्दै आएको राष्ट्रिय वाणिज्य बैङ्कले यसअघि सोलुखुम्बुको तल्लो क्षेत्रको ब्यापारिक केन्द्र नेचा बिहीबारे बजारमा शाखा रहित बैङकिङ्ग सेवा सञ्चालन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार