कविता

कविता
(अागाेसङ्ग)
-किशाेर बायुङ राई
आगोसङ्ग खेल्न मन लागे
खेल आगोसङ्ग
पानीसङ्ग खेल्न मन लागे
खेल पानीसङ्ग
तुफानसङ्ग खेल्न मन लागे
खेल तुफानसङ्ग
हावासङ्ग खेल्न मन लागे
खेल हावासङ्ग
तर
होसियार “युम्पी”
नबिर्सनु कि!
यी सबले आफ्नो धर्म छोड्ने छैनन्
कहि न कहि
फेरि अभरमा पार्लान् नि।
नाेट: युम्पि=कान्छि(किरात बायुङ राई भाषा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार