मार्शल सेल्फ डिफेन्सको झण्डा सगरमाथको शिखरमा


हिमशिखर समाचारदाता

सोलुखुम्बु, जेठ ६ गते । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ का ल्हाक्पागेल्बु शेर्पाले नेपाल मार्शल सेल्फ डिफेन्सको झण्डा सगरमाथाको शिखरमा फहराउनु भएको छ । मे १५ अर्थात जेठ २ गतेका दिन शिखरमा झण्डा फहराएको नेपाल मार्शल सेल्फ डिफेन्सका अध्यक्ष डि.बी. रानापालले जानकारी दिनुभयो ।
शेर्पाले विगतमा नेपाल सहित धेरै सङ्घ संस्थाको झण्डा सगरमाथाको शिखरमा फहराउनुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको १२ पटक सफल अरोहण गरिसक्नुभएका शेर्पालले यससँगै १३ औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो । आत्म रक्षाका लागि सबैले सिक्नुपर्ने यो खेललाई विश्वमा चिनाउनका लागि झण्डा पठाइएको रानापालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार