माओवादी केन्द्रकोे प्रतिवद्धता सार्वजनिक (पूर्ण पाठ सहित)

हिमशिखर समाचारदाता
सोलुखुम्बु, जेठ ८ गते । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाका माओवादी केन्द्रका उम्मेदवारले जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । ‘स्वच्छ, सुन्दर र समृद्ध आधुनिक सहर, सोलुदुधकुण्ड नगरबासीको रहर’ भन्ने मूल नारा सहित सामाजिक न्याय र सुशासनयुक्त समृद्ध आधुनिक नगरपालिका निर्माण गर्ने लक्ष्य सहितको प्रतिबद्धता नगरपालिका समितिले प्रस्तुत गरेको छ ।

 

सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी मेयरका उम्मेदवार ङिमा तेन्डुप शेर्पाले प्रस्तुत गरेको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा आगमी निर्वाचनमा विजय भएमा नगर क्षेत्रका सबै विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्दै माध्यमिक तहसम्मको शिक्षाको पाठ्यक्रमलाई स्थानीय परिवेश र समय अनुकूल विकास गर्ने, प्राविधिक तथा व्यवसायिक शिक्षामा विशेष जोड दिने, आधारभूत तह (कक्षा १–८) सम्मका विद्यार्थीहरुलाई विद्यालयमा नै पौष्टिक दिवा खाजाको व्यवस्था गर्ने, गुणस्तरीय उच्च शिक्षाका लागि नगरपालिका क्षेत्र भित्रका क्याम्पसहरुलाई सुविधा सम्पन्न र गुणस्तरीय बनाउने, नगर क्षेत्रमा अध्ययन अध्यापन नहुने विषयहरुमा उच्च शिक्षा आर्जन गर्न अन्य सहरमा जाने उत्कृष्ट क्षमतावान÷प्रतिभाशाली विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, युवाहरुलाई रोजगारमूलक प्राविधिक तथा व्यवसायिक तालिम दिन विशेष तालिम केन्द्रबाट तालिम उपलब्ध गराउनेलगायतका शैक्षिक योजना रहेका छन् ।

स्वास्थ्यका क्षेत्रमा फाप्लु अस्पतालमा सुविधा सम्पन्न गुणस्तरीय विशेषज्ञस्तरीय सेवा उपलब्ध गराउने, टोलबस्तीहरुमा प्राथमिक तथा आपतकालिन सेवा दिने, स्वास्थ्य बिमा उपलब्ध गराउने, नगरका सबै वडाहरुमा एम्बुलेन्स सेवा उपलब्ध गराउनेलगायतका प्रतिबद्धता रहेका छन् ।सञ्चारका क्षेत्रमा नगरपालिभित्र टेलिफोन, मोबाइल तथा इन्टरनेट सेवालाई व्यवस्थित र भरपर्दो बनाउने, वडाका महत्वपूर्ण स्थानहरुमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउन पहल गर्ने, नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका एफएमहरुलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा प्रिन्ट मिडियालाई आवश्यक प्रोत्साहन गर्ने, सामुदायिक टेलिभिजन सेवा स्थापना गरी स्थानीय भाषाभाषीको कार्यक्रम सञ्चालन गर्ने योजना रहेका छन् ।

आपतकालिन तथा पर्यटकीय सेवाका लागि हेलिकप्टर सेवालाई फाप्लु विमानस्थलमा नै आधार बनाई आपतकालिन उद्दार र पर्यटन कार्य गर्ने गराउने विशेष व्यवस्था मिलाउने, नगरपालिका क्षेत्रमा आन्तरिक यातायातको सुलभ व्यवस्था गर्ने, लामो दुरीको सेवालाई व्यवस्थित बनाउने, बस तथा ट्रक पार्क अन्य यातायातका साधन पार्क गर्न उपयुक्त पार्किङ सुविधाहरु तयार गर्ने, नगरपालिका क्षेत्रभित्रका सबै टोल वा बस्तीहरुसम्म पुग्ने सडकको ट्रयाक नखुलेका क्षेत्रमा यथाशीघ्र चाँडो ट्रयाक खोल्ने, ट्रयाकलाई व्यवस्थित गर्दै ग्राभेल तथा कालोपत्रे गर्दै पक्की सडक बनाउन पहल गर्ने उल्लेख छ ।

नगरपालिकाको हरेक वडाहरुका पायक पर्ने स्थानमा वाणिज्य बैङ्कका शाखा कार्यालयहरु खोली सहज र सुलभ रुपमा बैंकिङ्ग सेवाहरु उपलब्ध गराउने, सहकारी संस्थाहरुलाई समयानुकूल विकास गर्ने, युवाहरुलाई उपयुक्त रोजगारीको अवसरको लागि अन्य स्थान वा विदेशमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न आवश्यक पहलहरु गर्ने, एक परिवार एक रोजगारको सरकारी नीतिको कार्यान्वयन गर्दै बेरोजगार युवाहरुलाई बेरोजगार भत्ता तथा स्वरोजगार योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्ने योजना छ ।

नगरपालिकालाई व्यवस्थित र आधुनिक सुविधा सम्पन्न नमुना नगरको रुपमा विकास गर्ने उद्देश्यका साथ भू–उपयोग नीति विकास गरी दीर्घकालिन गुरु योजना यथाशिघ्र तयार गरी आवश्यक भौतिक पूर्वाधारहरुको विकासको गुरुयोजना तयार गर्ने, खेलकुद संरचना, पार्क वा उद्यान, साँस्कृतिक केन्द्र, पुस्तकालय, सूचना केन्द्र, वृद्ध मिलन केन्द्र, शिशु स्याहार केन्द्र, प्राथमिक तथा आपतकालिन स्वास्थ्य संरचना निर्माण गर्ने, बाल, वृद्ध र अपाङ्ग मैत्री संरचनाहरु बनाउने तथा नगरपालिका क्षेत्रलाई स्वस्थ, सफा र हराभरा बनाउन वातावरण संरक्षण कार्यक्रम चलाउने र नगरपालिका क्षेत्रमा नदि, नाला पानीका मुहानहरुको संरक्षण गर्ने, ढल निकासको उचित प्रबन्ध र विकेन्द्रित फोहोरमैला व्यवस्थापन कार्यक्रमहरु सञ्चालन गर्ने, आगलागी नियन्त्रणका लागि दमकलको व्यवस्था गर्ने, नगरपालिकाले दिने न्यायिक सेवाहरुलाई स्वतन्त्र, पारदर्शी र निष्पक्ष रुपमा उपलब्ध गराउने, नगरपालिका क्षेत्रका सबै धार्मिक स्थल, मठमन्दिर, गोन्पाहरुको संरक्षण र संवद्र्धन गर्ने योजना छ ।

पर्यटनका क्षेत्रमा जातीय, भाषिक, साँस्कृतिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरुलाई पर्यटन प्रवद्र्धनको लागि विशेष रुपमा उपयोग गर्दै पर्यटन क्षेत्रको विकास गर्ने, पदमार्ग र केवलकारको विकास गरी हिमाल र सूर्योदय दृश्यावलोकन तथा धार्मिक पर्यटनको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने, पत्ताले डाँडालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटनको रुपमा प्रवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने योजना छ । सोलु सल्लेरी क्षेत्रमा जारी लोडसेडिङ अन्त्य गर्न तत्कालै पहल कदमी लिने, सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत दिइने वृद्ध, अपाङ्ग, एकल महिला तथा अन्य भत्ता कार्यक्रमहरुलाई सहज एवं सरल बनाउने तथा नगरपालिकाको आफ्नै स्रोतबाट थप सुविधा वृद्धि गर्न आवश्यक पहल गर्ने भनिएको छ ।

नगर क्षेत्रको कुनै एक वडालाई विशेष औद्योगिक क्षेत्रको रुपमा विकसित गरी उद्योग, कलकारखानालाई प्रोत्साहन गर्ने र प्रशस्त रोजगारको अवसर सिर्जना गर्ने, सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोत र कृषि उपजबाट प्राप्त कच्चा पदार्थहरु सदुपयोग हुने गरी उद्योगको स्थापना गर्न प्रोत्साहन गर्ने, नगरपालिकाले उठाउने सबै खाले करका दरहरुलाई सकेसम्म न्यून बनाउँदै व्यापार व्यवसाय मैत्री नगर बनाउने, गार्मामा निर्माणाधिन पर्वतीय प्रशिक्षण प्रतिष्ठानको निर्माण कार्यका अवरोधहरुलाई समाधान गरी यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था मिलाउनलगायतका महत्वकांक्षी योजना प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रमा शेर्पाले विभिन्न क्षेत्रको सहयोग लिएर प्रतिबद्धता पुरा गर्ने दाबी गर्नुभयो । सोही अवसरमा माओवादी केन्द्रका जिल्ला सहसंयोजक धु्रव पराजुलीले प्रतिबद्धता हेरेर जनताले सही उम्मेदवार चयन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यहाँ हेर्नुहोस । solu dudhakunda municipality okkkk

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार