राजस्व संकलन २० प्रतिशतले वृद्धि

काठमाडौं, जेठ ९ । आर्थिक वर्ष २०७३/०७४ वैशाख मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व विभागले जनाएको छ ।

यस अवधिसम्मको राजस्व संकलनको लक्ष्य रु. १ खर्ब ७९ अर्ब २८ करोड बराबर रहेकोमा रु. १ खर्ब ८८ अर्ब ८५ करोड बराबर संकलन भइ लक्ष्यको तुलनामा १०५ प्रतिशतको प्रगति भएको विभागले जनाएको हो । यो गत वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

यसमध्ये आयकर तर्फ रु. १ खर्ब १ अर्ब ८१ करोड, मूल्य अभिवृद्धि कर रु. ४८ अर्ब ३२ करोड र अन्तःशुल्कतर्फ रु. ३७ अर्ब २८ करोड बराबर संकलन भएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार