शैक्षिक सामग्रीको प्रयोग बढाउँदै दुर्गमका शिक्षक


सन्तोष राउत

सोलुखुम्बु । केही समयअघिसम्म खाली हात कक्षाकोठमा प्रवेस गरेर पठ्यपुस्तकको भरमा शिक्षण गर्ने सोलुखुम्बुको दुधकोसी गाउँपालिकाभित्रका विद्यालयमा कार्यरत शिक्षक पछिल्लो समय विषयगत रुपमा उपयुक्त शैक्षिक सामग्री निर्माण तथा प्रयोगमा जोड दिन थालेका छन् ।


२३ बर्षदेखि लगातार शिक्षण गरिरहनु भएका हिमालय माध्यामिक विद्यालय बासाका शिक्षक पेसलकुमार ढकालले भन्नुभयो, ‘विगतमा परम्परागत रुपमा किताबको भरमा शिक्षण गर्दा विद्यार्थीले ढिलो बुझ्ने र चाँडै विर्सने समस्या थियो, अहिले शैक्षिक सामग्रीको प्रयोग गर्न थालेपछि धेरै सजिलो भएको छ ।’ व्याख्यान विधिबाट भन्दा सामग्री प्रयोग गरेर प्रर्दशन तथा प्रयोगात्मक विधिबाट शिक्षण गर्न धेरै सहज हुने उहाँको भनाइ छ ।


विगत लामो समयदेखि जिल्लामा शिक्षक तालिम सञ्चालन गर्दै आएको ग्रामिण शिक्षा तथा वातावरण विकास (रीड) नेपालले त्यस क्षेत्रका २९ विद्यालयका ३० जना शिक्षकलाई हिमालय माध्यामिक विद्यालय बासामा तालिममा शैक्षिक सामग्री निर्माण, कक्षाकोठा व्यवस्थापन, शैक्षिक रणनीति, व्यवहार व्यवस्थापन, शारीरिक दण्डको विकल्प सकारात्मक दृष्टिकोण, आत्मसम्मान, बालमैत्री शिक्षा, निरन्तर मुल्याङ्कनलगायतका विषयमा तालिम प्रदान गरेपछि शिक्षकहरुले सामग्री निर्माण तथा प्रयोग बढाएको रीड नेपालका शिक्षा विकास अधिकृत केशव गिरीले बताउनुभयो ।


त्यस्तै, भर्खरै शिक्षण पेसामा प्रवेश गर्नुभएका बुद्धि विकास आधारभूत विद्यालय वाकुका शिक्षक जीवन खालिङले पनि तालिमले आफ्नो शिक्षण पेसालाई अगाडी बढाउन सजिलो भएको बताउनुभयो । ‘आफू नयाँ शिक्षक भएकाले शैक्षिक सामग्री निर्माण तथा प्रयोगमा अन्योल भएकामा अब विषयवस्तुअनुसार सामग्री प्रयोग गर्न तालिम निकै उपलब्धिमुलक भएको बताउनुभयो । तालिमबाट धेरै नयाँ सीप र ज्ञान हासिल प्राप्त भएकाले सिकेको सीपलाई विद्यालयका कक्षा कोठासम्म पु¥याउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार