सल्लेरीमा आधारभूत पत्रकारिता तालिम

हिमशिखर समाचारदाता
सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सात दिने आधारभूत रेडियो पत्रकारिता तालिम भइरहेको छ । सोलुदुधकुण्ड नगरपालिकाको आर्थिक सहयोग तथा सगरमाथा बहुउदेश्यीय तालिम केन्द्रको आयोजना र सोलु एफएमको सहयोगमा तालिमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष विरुदास श्रेष्ठले जानकारी दिनुभयो ।


तालिममा जिल्लाभरीका ४० भन्दा बढीको सहभागिता रहेको छ । उद्घाटनकाअवसरमा सोलु एफएमका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले पत्रकारको कलमको माध्यमले देशलाई सुशुचित पार्ने र कलमको सहाराले असम्भव कुराहरु समेत सम्भव बनाएको बताउनुभयो । परत्रकारीतामा प्रसस्त चुनौतीहरु रहेकाले त्यसलाई सामाना गरेर अगाडी बढ्नुनै सफलता भएको उहाँको भनाइ छ ।
त्यस्तै, नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका अध्यक्ष मनोजकुमार श्रेष्ठले पत्रकारीता पेशा बाहिरबाट हेर्दा जति सहज छ, वास्तविक रुपमा त्यतिको सहज नभएकाले पत्रकारीता पेशामा अघि बढ्न निरन्तरता र मेहनतको चाहिने बताउनुभयो । त्यस्तै पत्रकार महासंघका सदस्य दिपक राजभण्डारीले तालिमले पत्रकारितामा लाग्न उत्प्रेरित गर्ने भएकाले सक्रिय सहभागी भएर उत्कृष्ट भएको काम पाउन सकिने बताउनुभयो ।
जिल्लामानै तालिमको आयोजना भएपछि प्रशिक्षार्थीहरु उत्साहित भएको बताउँछन् । तालिममा सहभागी प्रशिक्षार्थी भिममाया तामाङले भन्नुभयो –पत्रकार बन्ने इच्छा धेरै पहिलादेखि भएपनि जिल्ला बाहिर गएर तालिम लिन नसकेका बेला जिल्लामानै तालिम लिन पाउँदा खुशी लागेको छ । तालिमपछि यस क्षेत्रमा लागेर समाज परिवर्तन गर्ने चाहाना रहेको उहाँले बताउनुभयो । उहाँ जस्तै सबैले तालिमपछि व्यवसायिक पत्रकारीता गर्ने बताएकाछन् ।
तालिममा सञ्चार, सञ्चारकर्मी, पत्रकार, आमसञ्चार माध्यम तथा उद्घोषण, समाचार, रेडियो कार्यक्रम, रेडियो रिर्पोटिङलगायतका विषयमा सोलुखुम्बुका अनुभवी पत्रकारहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार