दुधकोशीमा प्रमुखमा कार्की र उपप्रमुखमा राई

हिमशिखर समाचारदाता
सोलुखुम्बु । स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा सोलुखुम्बुमा पनि नेपाली काँग्रेसले उम्मेदवार घोषणा सुरु गरेको छ । काँग्रेसले एक नगरपालिका र सात गाउँपालिका रहेको दुधकोशी गाउँपालिकामा नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि भोजराज कार्कीलाई राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रमुखको उम्मेदवार सर्वसम्मत घोषणा गरेको काँग्रेसले जनाएको छ ।


सोही गाउँपालिकाको उपप्रमुखमा उम्रिता राई उपप्रमुखमा चयन गरिएको काँग्रेसले जनाएको छ । यस बाहेक काँग्रेसले खुम्बु पासाङल्हमू गाउँपालिकामा चुङ्बा शेर्पालाई प्रमुखमा सर्वसम्मत उम्मेदवार बनाएको छ । नगरपालिका तथा गाउँपालिकास्तरमा अन्यमा अहिलेसम्म उम्मेदवार घोषणा गरेको छैन भने सर्वसमम्मत भएका विभिन्न वडामा उम्मेदवारी घोषणा गरिएको छ । कांग्रेस नेताहरु उम्मेदवारी चयनको अन्तिम छलफलमा रहेको बताइएको छ ।
कार्कीको उम्मेदवार घोषणासँगै दुधकोशी गाउँपालिकामा प्रमुख तीनै दलका उम्मेदवार घोषणा भएको छ । दुधकोशीमा नेकपा एमालेवाट बुद्धिकिरण राई र नेकपा माओवादी केन्द्रबाट शिशिर खालिङको उम्मेदवारी यसअघिनै घोषणा भइसकेको छ । कार्कीको उम्मेदवार घोषणासँगै दुधकोशीको भिडन्त रोचक बनेको छ । तीनै जना उम्मेदवार बलिया रहेको स्थानीय मतदाताको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार