नेकपा एमालेद्वारा दुधकौशिका र सोताङ गाउँपालिकाको उम्मेदवार घोषणा

हिमशिखर समाचारदाता
सोलुखुम्बु, जेठ १३ गते । नेकपा एमाले सोलुखुम्बुले पछिल्लो समय दुई वटा गाउँपालिकामा एकैदिन उम्मेदवार घोषणा गरेको छ । दुधकौशिका गाउँपालिका र सोताङ गाउँपालिकामा औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो । जिल्ला कमिटीले केही समय अघिनै उम्मेदवारको टुङ्गो लगाए थियो ।
एमालेले दुधकौशिका गाउँपालिकाको प्रमुखमा श्यामकुमार राईलाई अघि सारेको छ भने उपप्रमुखमा कल्पना गिरी बस्नेत रहनुभएको छ । उपप्रमुखका उम्मेदवार बस्नेत शिक्षण पेशा छाडेर उम्मेदवार बन्नुभएको हो । एमाले सोलुखुम्बुका अध्यक्ष मानवीर राईलगायतको नेताहरुको उपस्थितीमा मुक्लीमा उम्मेदवार घोषणा भएको हो ।


यस पटकको स्थानीय तहको निर्वाचनमा बहुमत वडा सहित दुधकौशिका गाउँपालिका प्रमुख र उपप्रमुख जित्ने एमालेको दाबी गर्दै वडाका उम्मेदवारहरु समेत घोषणा गरेको छ । जसअनुसार वडा नम्बर १ मा रामचन्द्र कार्की, २ मा उदयनारायण बस्नेत, ३ मा राकेश राई, ४ मा दुर्गाबहादुर गुरुङ, ५ मा अम्बर बस्नेत, ६ मा नन्दराज गुरुङ, ७ मा चतुरमान तामाङ, ८ मा कुलदिप राई र ९ मा पार्वती राईलाई अध्यक्षको उम्मेदवार बनाएको एमाले सोलुखुम्बुले जनाएको छ ।
त्यस्तै, कोशीपारीको सोताङ गाउँपालिकामा पनि उम्मेदवार घोषणा गरेको छ । एमाले जिल्ला सचिव हर्कबहादुर राईले नेकपा एमालेको तर्फवाट प्रमुखमा वीरबहादुर राई र उपप्रमुखमा लक्ष्मी बस्नेतको उम्मेदवारी घोषणा गरेको बताउनुभयो । उम्मेदवार घोषणा सभामा प्रतिबद्धता पत्र प्रस्तुत गर्दै प्रमुखका उम्मेदवार वीरबहादुर राईले पाँच बर्षभित्रमा गाउँपालिकाको टोलटोलमा सडक, विद्युत, खानेपानी पु¥याउने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्ने बताउँदै सोताङ गाउँपालिकाको समृद्धिका लागि काम गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार