लुक्लमा गोमा एयरको विमान दुर्घटना


सन्तोष राउत

सोलुखुम्बु, जेठ १३ गते । सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा गोमा एयरको विमान अवतरणका क्रममा दिउँसो २ बजेर ४ मिनेट जाँदा दुर्घटनाग्रस्त भएको छ ।
तीन टुक्रा भएको ९ एन.ए.के.वाई. कल साइन भएको उक्त विमान लुक्लामा कार्गो लिएर आएको हो । विमानमा चालक पारस राई, सहचालक सिर्जन मानन्धर र एयर होस्टेज प्रज्ञा महर्जन घाइते भएका छन् भने घाइते सहचालक र एयर होस्ेटसलाई स्थानीय पासाङल्हमू निकोलनिकी अस्पतालमा उपचारका लागि लगिएको छ ।
चालक पारस राईलाई अड्किएको अवस्थामा निकाल्ने प्रयास भइरहेको छ । विमान क्षतविक्षत भएकाले च्यापिएर कठिन भइरहेको छ । मौसम खराबी भएका कारण उद्दारमा समस्या भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार