प्रचण्डले चुनौतिहरु सामाना गर्ने पाठ सिकाउनुभएको छ : रमेश लेखक, भौतिक योजना तथा पूर्वाधार मन्त्री

भौतिक योजना तथा पूर्वाधार मन्त्री रमेश लेखकले पुष्पकमल दाहाल प्रचण्ड नेपालको सफल प्रधानमन्त्री भएको दाबी गरे । उनले प्रचण्डले चूनौतिहरु कसरी समाधान गर्ने भनेर पाठ सिकाएको समेत स्पष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डको राजिनामा, दोस्रो चरणको निर्वाचन, नयाँ प्रधानमन्त्री गठन लगायतका विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले मन्त्री लेखकसँग गरेको कुराकानीको सम्पादिश अंश :

काँग्रेसले सत्ता समिकरणको लागि के गर्दैछ ?

सरकारको नेतृत्व परिवर्तन संवैधानिक व्यवस्थामा अनुसार सम्मानीय राष्ट्रपतिले सहमतीय सरकार निर्माण गर्नको लागि एक हप्ता समय दिनुहुन्छ । त्यो समयभित्रपनि प्रधानमन्त्री चयन नभए संसदबाट बहुमतीय प्रणालीबाट प्रधानमन्त्री चयन हुन्छ।

सहमतीय सरकार गठनको सम्भावना कत्तिको छ ?

यसै भन्न सकिँदैन । अहिलेसम्म त्यस्तो भएको छैन् । सबैको सहमति जुट्न गाह्रो हुन्छ । बहुमतीय पद्धतिबाट नै सरकार बन्ने देखिन्छ ।

बहुमतीय पद्धतिबाट प्रधानमन्त्री चयन गर्दाखेरी काँग्रेसले कुन–कुन राजनीतिक शक्तिलाई साथमा लिएर जान्छ ?

मुलतः सरकारमा रहेका राजनीतिक दल सबै जान्छन् । पहिले राजनीतिक सहमति अनुसार अघि बढ्ने देखिन्छ ।

मधेशवादी दलहरु पनि सरकारमा जान्छन ?

उहाँहरूसँग हामी छलफल गर्छों । अहिलेसम्म कुनै कुरा भएको छैन । हेरौँ के हुन्छ ?। हामी सकभर सरकारमा सँगै जानको लागि प्रयास र आग्रह त गछौँ नै ।

राप्रपा सरकारमा जान्छ कि जाँदैन होला ?

सायद सहभागी हुन्छ होला ।

काँग्रेस दुइ तिहाईको सरकार बनाउन सफल हुन्छ त ?

हामी बढिभन्दा बढि कोशिस गछौँ ।

काँग्रेसभित्र सहमति जुट्छ त ?

बन्छ । देउवाबाहेक अर्को कुनै नेता अहिलेको लागि तयार हुनुहुन्न । प्रचण्डको सरकार निर्माणको बेला देखिको सहमति हो।

बरिष्ठ नेता रामचन्द्र पौडेलको असहमति छ , उहाँले म बन्छु प्रधानमन्त्री बन्नु भएको छ नि ?

भन्नु भएको छैन् । अघि पनि भने आलोपालो सरकारको नेतृत्व भएको थियो । त्यही सहमतिका अनुसार नेतृत्व लिने हो ।

प्रचण्ड सफल प्रधानमन्त्री बन्नुभएको हो ?

ऐतिहाँसिक सफल बन्नुभएको हो । उहाँको पालामा धेरै राम्रा काम भएका छन् । आजभन्दा २० वर्ष पहिले स्थानीय निर्वाचन भएको थियो । विगत १५ वर्षदेखि स्थानीय निकाय रिक्त थिए । अहिले जनप्रतिनिधि पाएको छ। त्यो काम भयो ।

उसो भए प्रचण्डको राजीनामाले दोस्रो चरणको निर्वाचनले कुनै असर पार्दैन ? एमाले त प्रभाव पार्छ भनिरहेको छ ?

विल्कुल गलत हो । केही फरक पार्दैन । तोकिएको समयमा निर्वाचन हुन्छ । शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन्छ भनेर भन्नुभएको छ । देशको आर्थिक बृद्धिदर ७.५ प्रतिशत पुग्यो । यो विगत २४ बर्ष यताको ऐेतिहासिक काम हो ।

विपक्षीले त सरकार असफल हो भनेर भनिरहेको छ ?

हा..हा..हा कसरी असफल हुन्छ ? यो त बिरोधका लागि बिरोध मात्रै भयो । सरकारले आफ्नो कार्यकालमा स्वास्थ, शिक्षा, विकास निमार्णका कामहरू गरेको छ । तर प्रतिपक्षले नदेखेझंै गरेको सत्य हो ।

मधेशका माँगहरु सम्बोधन गर्नुभएन रे ?

हिजो तपाई पनि हुनुहुन्थ्यो । प्रधानमन्त्री प्रचण्डले गर्वकासाथ भन्नुभएको छ । १० महिना अघि ० दशमलव कम आर्थिक बृद्धिदर भएको हाम्रो देश आज ७ प्रतिशत भन्दा बढि आर्थिक वृद्धिदर हाँसिल गर्न सकेको छ। यो अवस्थामा पुर्याउनु भनेको सफल होईन ? विकासका कामहरु अघि बढेका छन् । कुरा काट्नेहरुले काटिहाल्छन् । यो कुनै पार्टी कार्यालयमा तयार पारेर भनेको कुरा होईन । विश्व वैंक, एशियाली वैकंले तयार पारेको तथ्याङ्क हो । यो झुटा हो भने भन्न सक्नु पर्यो ।

मधेशी मोर्चाले चुनावमा भाग नलिए देउवासामू चूनौतिहरु त थपिने भए नि ?

ती सबै चुनौतिहरुलाई न्यूनिकरण गरेर अघि बढ्ने हो। प्रचण्डले यसको पाठ सिकाउनु भएको छ ।

उसो भए एमालेसँग काँग्रेसको सम्बन्ध चिसिएको हो ?

हामी कसैसँग पनि सम्बन्ध चिसाउन चाहँदैनौ । सम्बन्ध सुमधुर बनाउनको लागि हाम्रो पहल रहन्छ । प्रतिपक्षले केही कुरामा अबरोध र खबरदारी गरेन भने काम गर्ने बाटोपनि देखिँदैन् ।

प्रतिपक्षले महंगी घट्यो, आर्थिक बृद्धिदर भयो, विकासका काम भएका छन् भनेर त भन्न सक्दैन ।तर यतिसम्म काम त भएकै हो भनेर भन्न सक्नुपर्छ । प्रचिपक्षले थारै प्रतिपक्षको भूमिका खेलेको राम्रो तर पुरै असफल भएको हो भनेर भन्नु त्यति जायज होईन । यो सरकारले गरेका कामहरू कुनै संयोग र कागतालि पनि होईन । सरकारले के–के गर्न सकेन भनेर सुझाव दिनु राम्रो हुन्छ ।

दोस्रो चरणको निर्वाचन शेरबहादुर देउवाले गर्नसक्नु हुन्छ ?

गर्नुहुन्छ । चुनाव हुन्छ ।

तर तपाईहरुलाई त चुनावको मिति सार्ने खेलमा लाग्नुभएको छ भनेर आरोप छ नि ?

हामीले यस्तो कुनै आग्रह गरेका छैनौ । तोकिएको मितिमा निर्वाचन हुन्छ । हुनुपर्छ । बजेट आउँछ । नयाँ कार्यक्रम आउँदैनन्।

भावी प्रधानमन्त्री शेरबहादुर देउवाका चुनौति के–के हुन ?

भावी सरकारको पहिलो काम भनेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन गर्नु त्यसपछि प्रदेश र केन्द्रको निर्वाचन गराउनु हो । त्यसैले चाहीँ त त्यो वातावरण निर्माण गर्नु र ती कार्यभार पुरा गर्नु चुनौति हो । स्थानीय तहको संख्या थपिएका छन् । पाको बुद्धिले यस कार्यलाई परा गर्नको लागि प्रतिपक्षसँग सहमति जुटाउँनु पर्ने हुन्छ। संविधानको पूर्ण कार्यान्वयन, कार्यभार र त्यस कार्यभारलाई पुरा गर्नको लागि बीचमा आउने अवरोध नै चुनौति हुन । www.reportersnepal.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार