सोलुका कुन स्थानीय तह (नगरपालिका/गाउँपालिका) मा कति बजेट ?


सन्तोष राउत
सोलुखुम्बु, जेठ १६ गते । आर्थिक वर्ष २०७४/७५ को बजेटमा सोलुखुम्बुका स्थानीय तह एक नगरपालिका  र सात गाउँपालिकामा एक अर्ब ७५ करोड ६ लाख ३६ हजार रुपियाँ रकम विनयोजन भएको छ ।
सोलुखुम्बुको एक मात्र सोलुदुधकुण्ड नगरपालिकामावित्तीय समानीकरणतर्फ १८ करोड ९० लाख १५ हजार र सशर्त अनुदानतर्फ १५ करोड ७६ लाख ९७ हजार गरी जम्मा ३४ करोड ६७ लाख १२ हजार विनयोजन भएको छ ।
त्यस्तै, खुम्वु पासाङल्हमु गाउँपालिकामावित्तीय समानीकरणतर्फ १२ करोड ५८ लाख १ हजार र सशर्त अनुदानतर्फ ४ करोड ४० लाख ६० हजार गरी जम्मा १६ करोड ९८ लाख ६१ हजार रुपियाँ विन्याजन भएको छ भने दुधकोशी गाउँपालिकामावित्तीय समानीकरणतर्फ रु .१३ करोड ९ नौ लाख ७६ हजार र सशर्त अनुदानतर्फ रु. ८ कोड ६ लाख ४८ हजार गरी जम्मा २१ करोड १६ लाख २४ हजार रुपियाँ छुट्टिएको छ ।


दुधकौशिका गाउँपालिकामावित्तीय समानीकरणतर्फ रु. १६ करोड २५ लाख ८१ हजार र सशर्त अनुदानतर्फ रु. ११ करोड ९४ लाख ५१ हजार गरी जम्मा २८ करोड २० लाख ३२ हजार रुपियाँविनयोजन भएको छ ।
नेचासल्यान गाउँपालिकामावित्तीय समानीकरणतर्फ रु. १३ करोड ४४ लाख ९७ हजार र सशर्त अनुदानतर्फ रु. ११ करोड ९ लाख ८३ हजार गरी जम्मा २४ करोड ५४ लाख ८० हजार रुपियाँ विनयोजन भएको छ ।
महाकुलुङ गाउँपालिकामा वित्तीय समानीकरणतर्फ रु. १४ कोड २५ लाख ९ हजार र सशर्त अनुदानतर्फ रु. ५ करोड १५ लाख २९ हजार गरी जम्मा १९ करोड ४१ लाख २८ हजार रुपियाँ विनयोजन भएको छ भने लिखु पिके गाउँपालिकामा वित्तीय समानीकरणतर्फ रु. १० करोड र सशर्त अनुदानतर्फ रु. ४ करोड २० लाख ४१ हजार गरी जम्मा १४ करोड २० लाख ४१ हजार रुपियाँ छुट्टिएको छ ।
सोताङ गाउँपालिकामा वित्तीय समानीकरण रु. १० करोड ४१ लाख ८७ लाख र सशर्त अनुदानतर्फ रु. ५ करोड ४५ लाख ७१ हजार गरी जम्मा १५ करोड ८७ लाख ५८ हजार रुपियाँ अनुदान रहेको छ ।
सात गाउँपालिकामा वित्तीय समानीकरण ९० करोड ६ लाख ४१ हजार रुपियाँ र सशर्त अनुदानतर्फ ५० करोड ३२ लाख ८३ हजार गरी जम्मा १ अर्ब ४० करोड ३९ लाख २४ हजार रुपिया विनयोजन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार