नगरपालिकामा ८५ प्रतिशत भुकम्प पीडितको अनुदान सम्झौता सकियो

 

हिमशिखर समाचारदाता
सोलुखुम्बु । भूकम्प गएको दुई वर्षपछि सोलुखुम्बुका सोलुखुम्बुका लाभग्राहीको सूची आएपछि भूकम्प पीडितहरुको आवास निर्माणका लागि अनुदान सम्झौता प्रक्रिया नगरपालिका तथा अधिकांस गाविसहरुमा धेरैजसो सकिएको छ । सोलुखुम्बुको एम मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकामा करिब ८५ प्रतिशत अनुदान सम्झौता सकिएको निमित्त कार्यकारी अधिकृत इन्दिरा थापाले जानकारी दिनुभयो ।
माग, फागुन र चैत्र महिनामा भूकम्प पीडितहरुको स्थलगत लगत सङ्कलन सम्पन्न गरेर केन्द्रिय तथ्याङ्क विभागले लाभग्राहीको सूची उपलब्ध गराएपछि अनुदान सम्झौता सुरु गरिएको थियो । नगरपालिकामा एक हजार ३९४ जना लाभग्राही रहेकोमा घरमा भएका अधिकांसले सम्झौता फारम भरेको नगरपालिकाका सूचना अधिकारी तथा लेखा अधिकृत योग्यप्रसाद राईले बताउनुभयो ।
उहाँका अनुसार आवास पुनःनिर्माणका लागि पहिलो किस्ता बापत ५० हजार रुपियाँ भुकम्प पीडितले चाँडै प्राप्त गर्दछन् । त्यसका लागि पहिलो चरणको सम्झौता प्रक्रिया गरिएको उहाँको भनाइ छ । बाँकी रहेका घर बाहिर रहेका छन् । त्यस्तै, जिल्लाका अन्य गाविसमा पनि सम्झौता अन्तिम चरणमा पुगेको बताइएको छ । साविकको सल्यान गाविस पनि करिब ८० प्रतिशत सम्झौता सकिएको सचिव प्रेमबहादुर राईले बताउनुभयो । अधिकांस गाविसले काम सकेको बताएका छन् भने तिङला गाविसमा भने जिल्ला समन्वय समितिमा सम्झौता पत्र सकिएकाले कुनै काम हुन सकेको छैन भने केही दुर्गम गाविसमा धमाधम भइरहेको सचिवहरुले जानकारी दिएका छन् ।
भुकम्पपछिको पुननिर्माण प्राधिकरणले १७ हजार २७८ घरधुरीको लगत सङ्कलन गरेकोमा १० हजार ७९४ घरधुरी लाभग्रहीको सूचीमा परेका छन् । छ हजार ४८४ घर पुनःनिर्माणका लागि अनुदान सम्झौता गर्न आवश्यक नरहेको प्राविधिकहरुको सर्वेक्षणले देखाएको छ ।
भुकम्प पीडितले तीन थान सम्झौता पत्र भरेका छन् जसमध्ये एक थान पीडितसँगै रहने छ भने एक थान भूकम्प पुनःनिर्माण प्राधिकरण र एक थान जिल्ला समन्वय समितिमा रहने बताइएको छ । आवास पुनःनिर्माणका लागि पहिलो किस्ता बापत ५० हजार रुपियाँ पाउने भुकम्प पीडितले मापदण्डअनुसार घरको जग तयार गरेपछि दोस्रो किस्ताको रकम उपलब्ध हुने छ । जिल्लाका सबै भूकम्प पीडितहरुको सम्झौता गरिसकेपछि मात्रै अनुदान बापतको पहिलो किस्ता ५० हजार रुपियाँ बैङ्कमार्फत पीडितको हातमा पुग्ने जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।
अनुदान सम्झौता सुरु भएपछि पीडितमा आशा पलाएको छ । लाभग्राहीमा परेर अनुदान पाइएला भन्दै कुर्दाकुर्दा हैरान भएकोमा ढिलै भएपनि अनुदान सम्झौता सुरु भएपछि भने घर बनाउन पाइन्छ भन्ने आशा पलाएको सल्यानका भूकम्प पीडित भक्त बहादुर राउतले खुशी व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार