अवैध शिशु जन्माएर फ्याँक्ने युवती पक्राउ


हिमशिखर समाचारदाता
सोलुखुम्बु, जेठ १७ गते । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा अवैध रुपमा बच्चा जन्माएर फ्याँक्ने युवती पक्राउ परेकी छन् । मङ्गलबार दिउँसो बेवारिसे अवस्थामा नयाँ बजारस्थित मुख्य सडकको पाखामा नवजात शिशु भेटिएपछि प्रत्यक्षदर्शीको सूचनाका आधारमा साँझ बसन्तबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
सोलुखुम्बुको साबिकको पञ्चन गाविसकी १७ वर्षिय राई थरकी अविवाहित युवती कक्षा ११ मा अध्ययनरत रहेको प्रनाउ बुढाथोकीले बताउनुभयो । केटा बाहिरको बताइरहेको र उसको कुनै नाम ठेगाना केटीलाई समेत थाहा नभएकाले फोन नम्बरका आधारमा खाजी गरिरहेको उहाँको भनाइ छ ।
प्लाष्टिकमा पोका पारी फालिएको अवस्थामा सालनालसहित भेटिएको शिशुको शारीरिक अङ्ग पूर्ण रुपमा विकास भइसकेकाले महिना पुगेर नै जन्मिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अबैध सम्बन्धबाट जन्मेको भएकाले हत्या गरी फालेको युवतीले स्विकार गरेकी छन् । यस बारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । शिशुको शब पोष्ट मार्टम जिल्ला अस्पताल फाप्लुमा गरिएको छ ।
पछिल्लो समय सल्लेरीमा अवैध यौन सम्पर्कबाट वेवारिसे शिशु जन्माएर फ्याँक्ने क्रम बढेको छ । डेड वर्षअघि सोही स्थान नजिकै नववात एक साताको अन्तरमा दुई वटा शिशुको शब भेटिएको थियो । २०७२ मङ्सिर २७ र २८ गते दुई वटा यस्तै शिशु भेटिएको थियो ।
जिवित शिशु जन्माइ हत्या गरी फालेकोमा घटनाको प्रकृतिअनुसार सर्वस्वसहित जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ । यदि सामान्य अवस्थामा शिशुको जन्म भई मृत्यु भएको भए फोहोरको डङ्गुरमा शव कसैले नफाल्ने भन्दै अबैध सम्वन्धबाट नै शिशु जन्माएर हत्या गरी फालेको हुनसक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार