नयाँ मितिअनुसारको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगका पदाधिकारीहरुको बैठकले सरकारले निर्णय गरेको नयाँ मितिका लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

आयोगले असार २ गते उम्मेदवार मनोनयन गर्ने मिति तय गरेको छ । यस्तै असार ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जारी गरेको निर्वाचन तालिकामा उल्लेख छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालय खोल्ने र निर्वाचन अधिकृतको कार्यालय खोल्ने काम भने निर्वाचन कार्यतालिकामा राखेको छैन ।

यसअघि नै आयोगले सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेकाले कार्यसुचीमा नराखेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार