विचार तथा कवि गोष्ठी हुने

सन्तोष राउत/सोलुखुम्बु

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा दुईदिने विचार एवम् कवि गोष्ठी हुने भएको छ । ‘साहित्य र संस्कृतिको सम्मान गरौँ’ भन्ने नाराका साथ नेपाल प्रज्ञा प्रतिष्ठान र सगरमाथा प्रतिभा प्रतिष्ठानको संयुक्त आयोजनामा हुन लागेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. बिष्णुबिभु घिमिरेको प्रमुख आतिथ्य तथा प्राज्ञ प्रा.डा. ज्ञानू पाण्डेको विशेष आतिथ्यमा हुन लागेको गोष्ठीमा साहित्य र संस्कृतिका विषयमा विभिन्न नेपाली साहित्यकारहरुको उपस्थितीमा छलफल तथा अन्तरक्रिया गरिने सगरमाथा प्रतिभा प्रतिष्ठानकी अध्यक्ष डा. रेणुका थापा सोलुले जानकारी दिनुभयो ।

यही जेठ २ गतेबाट सुरु हुने कार्यक्रममा सुरुको दिन विभिन्न धार्मिकस्थलहरुको भ्रमण गर्ने र दोस्रो दिन ३ गते जनजागृति माध्यामिक विद्यालयको अगुवा स्रोत केन्द्रमा स्थानीय साहित्यकारहरुबाट कविता वाचनलगायतका कार्यक्रम गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार