कार्यभार सम्हाले लगत्तै प्रधानमन्त्री देउवाले गरे सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर

काठमाडौं। नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सिंहदरबार‍मा पदभार सम्हालेका छन्।

शीतल निवासमा आयोजित समारोहमा शपथ ग्रहण गरेपछि सिंहदरबार आएर प्रधानमन्त्री देउवाले तत्कालै पदभार सम्हालेका हुन्। देउवाले पदभार सम्हाल्दै राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

यस्तै अन्तर प्रदेश समन्वयनका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि गरेका छन् । अब प्रधानमन्त्री कार्यालयमा एक महाशाखाको रुपमा त्यस्तो परिषदको सचिवालय गठन हुनेछ ।

 

प्रधानमन्त्री देउवाले शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार