नेपाली काँग्रेस सोलुखुम्बुको उम्मेदवार चयन आज पनि हुन सकेन । आज पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठक विना निष्कर्ष सकिएको हो ।
सुरुमा सभापति शेरबहादुर देउवा सहतिको उपस्थितीमा लामो समयसम्म भएको छलफलपछि केन्द्रिय सदस्य केशव बुढाथोकी र रामशरण महतले प्रतिनिधिका रुपमा तोकेर काँग्रेस नेता बलबहादुर केसी र आङगेलु शेर्पा सहतिका सहभागी नेताहरुलाई स्थानीय तहको उम्मेदवार चयनका बारेमा सोधपुछ गरिसकेको एक नेताले जानकारी दिनुभयो ।
दुवै पक्षका नेताको सोधपुछका आधारमा भोलिसम्म उम्मेदवारको अन्तिम नामावली तय हुने बताइएको छ ।