पूर्व विद्यार्थीबाट विद्यालयलाई सहयोग

हिमशिखर समाचारदाता

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ मा रहेको पिके माध्यामिक विद्यालयलाई विद्यालयमा पढेका पूर्व विद्यार्थीबाट तीन लाख रुपियाँ सहयोग प्राप्त भएको छ ।

हाल स्विटजरल्याण्ड निवासी स्थानीय पुला शेर्पाको अगुवाईमा विदेसमा रहेका नेपाली तथा विदेशीहरुबाट सङ्कलन गरेको रकम विद्यालयलाई उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक चेतबहादुर मगरले जानकारी दिनुभयो । कक्षा एकदेखि १० सम्म पढाई हुने उक्त विद्यालयमा ६–१० सम्मका धेरै शिक्षक निजी स्रोतबाट राखिएका छन् ।

प्राथमिक तह मात्र स्वीकृत रहेको उक्त विद्यालय सञ्चालनका लागि धेरैतिरबाट सहयोग जुटाउने गरेको भन्दै प्रधानाध्यापक मगरले यो सहयोगले विद्यालयको व्यवस्थापनमा सहयोग पुगेको बताउनुभयो । आफूले पढेको विद्यालयमा सहयोग गर्न पाउँदा खुशी भएको बताउँदै आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्ने सहयोगी पुला शेर्पाले आश्वासन दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार