हिमशिखर समाचारदाता
सोलुखुम्बु । सोलुखुम्बुको नेच सल्यान गाउँपालिकाको नेचामा निवर्तमान सूचना तथा सञ्चार मन्त्रि तथा माओवादी नेता सुरेन्द्रकुमार कार्कीले आसन्न स्थानीय तहको चुनावी सभालाई बुधबार सम्बोधन गर्नुहुने भएको छ । कार्कीको पुरानो कार्यथलोका रुपमा रहेको नेचामा उहाँ मङ्गलबार आउनुभएको नेचाबाट लोकेन्द्र राउतले जानकारी दिनुभयो ।
उहाँले आज नेता तथा कार्यकर्तासँग निर्वाचनको अवस्थाका बारेमा छलफल तथा भेटघाट गर्ने कायक्रम रहेको छ भने भोली सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा जिल्लास्तरका नेता तथ कार्यकर्ताको उपस्थिती रहने बताइएको छ ।