काँग्रेसले छान्यो सोलुका स्थानीय तहका उम्मेदवार, काँग्रेसमा ठूलो पहिरो जाने संकेत

हिमशिखर समाचारदता

सोलुखुम्बु । नेपाली काँग्रेसले सोलुखुम्बुका स्थानीय तहको प्रमुख तथा उप प्रमुख पदको उम्मेदवार छानेको छ । एक नगरपालिका र सात गाउँपालिका रहेको सोलुखुम्बुमा लामो विवाद तथा छलफलपछि मङ्गलबार काँग्रेसले सोलुखुम्बुको स्थानीय तहको उम्मेदवार टुंग्याएको हो ।

 

आन्तरिक विवादका कारण उम्मेदवार छान्न सकस भएको काँग्रेसबाट सोलुदुधकुण्ड नगरपालिकामा नाम्गेलजाङ्बु शेर्पालाई प्रमुखमा र उपप्रमुखमा छिण्डील्हमु शेर्पालाई उम्मेदवार चयन गरिएको छ ।
त्यस्तै, खुम्बु पासाङल्हमु गाउँपालिकामा चुङबा शेर्पा, खुम्बु पासाङल्हमु गाउँपालिकामा चुङबा शेर्पा, महाकुलुङ गाउँपालिकामा भलाकाजी कुलुङ, सोताङ गाउँपालिकामा खिलाराज बस्नेत, दुधकौशिका गाउँपालिकामा हुत्तराज बस्नेत, दुधकोशी गाउँपालिकामा भोजराज कार्की र नेचा सल्यान गाउँपालिकामा धनजन राईलाई उम्मेदवार बनाइएको काँग्रेस सोलुखुम्बुले जनाएको छ ।

यसैबिच नेपाली काँग्रेस सोलुखुम्बुका महाधिवेसन प्रतिनिधिलगायत जिल्लास्तरका करिब दुई दर्जन नेता कार्यकर्ताले उम्मेदवार चयनप्रति असन्तुष्ट जनाउँदै स्वतन्त्र उम्मेदवार घोषणादेखि पार्टी परित्याग गर्नेसम्मको चेतावनी दिएका छन् ।

फोटो : सोलुखुम्बुसमाचार डट कमबाट साभार गरिएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार