शर्माको उम्मेदवारी फिर्ता

हिमशिखर समाचारदाता
सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुका पुराना वाम नेता लोचनकुमार शर्माले नेचासल्यान गाउँपालिकाको प्रमुखमा घोषणा गर्नुभएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुभएको छ ।

नेकपा एमाले सोलुखुम्बुले आगामी दिनमा माथिल्लो तहमा प्रतिनिधित्व गर्ने सवालमा शर्मालाई अगाडी बढाउने आश्वासन लिखित रुपमा दिएपछि उम्मेदवार फिर्ता गरिएको हो । अब पार्टी जिताउन सबै एक भएर लाग्ने संयुक्त प्रेस विज्ञप्तीमा उल्लेख छ ।

शर्माले पार्टी निरङ्कुश तरिकाले अगाडी बढेको र कार्यकर्ताको भावना विपरीत अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाउँदै स्वतन्त्र उम्मेदवार घोषणा गरेको बताउनुभएको थियो । एमालेबाट पार्टी उपाध्यक्ष डुफकुमार बाँस्तोला प्रमुखको उम्मेदवार रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार