शिक्षक परीक्षा सरयो

काठमाडौँ ।  कार्यरत अस्थायी शिक्षकलाई स्थायी गर्न सञ्चालन गर्न लागिएको परीक्षा सारिएको छ ।  शिक्षक सेवा आयोगले सोमबार परीक्षा आगामी भदौ ३ गते सञ्चालन गर्ने निर्णय गरेको छ ।  यसअघि असार २४ गते सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरिएको थियो ।
आयोगका सहसचिव लक्ष्मीराम पौडेलले परीक्षा सारिएको जानकारी दिनुभयो ।  करिब १३ हजार पदका लागि परीक्षा सञ्चालन गरिँदैछ ।  परीक्षामा आवेदकको सङ्ख्या भने यकिन भइसकेको छैन ।
आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले आवेदन छानबिन गर्दा केहीको विज्ञापन सर्तअनुरूप नरहेको पाइएकोले थप छानबिन गर्न परीक्षा सार्नुपरेको जानकारी दिनुभयो ।  शिक्षा ऐन संशोधन भएपछि कार्यरत अस्थायी शिक्षकलाई उपदान लिने वा स्थायी विज्ञापनमा सहभागी हुनेमध्ये कुनै एउटा छनोटको अवसर गरिएको छ ।  सोही अनुरूप परीक्षा रोज्ने शिक्षकका लागि आयोगले परीक्षा सञ्चालन गर्दैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार