कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई स्वतः निष्कासित गर्ने

काठमाडौं – नेपाली कांग्रेसले बागी उम्मेदवारी दर्ता गर्नेलाई स्वतः निष्कासित गर्ने भएको छ । उम्मेदवारीसंगै प्रस्तावक र समर्थक लाई समेत निष्कासित गर्ने निर्णय गरेको छ ।   कांग्रेसले बुधबार विज्ञप्ति जारी गर्र्दै जानकारी दिएको छ । कांग्रेसले असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समयसीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएको भए त्यस्ता बागी उम्मेदवार र उसको प्रस्तावक र समर्थक स्वतः निष्कासित भएको जनाएको हो ।

कांग्रेस कार्यालयका मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेसको विधान २०१७ ९संशोधित र परिमार्जित० को धारा ४९ ९११० ९ख अनुसार पार्टीबाट बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई स्वतः निष्कासित हुने उल्लेख छ ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध दाङका चारवटा स्थानीय तहमा बागी उम्मेदवारी परेको छ । उनीहरूले निर्वाचन आयोगले दिएको समयसीमाभित्र उम्मेदवारी फिर्ता लिएनन् । यस्तै, पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी, परशुराम नगरपालिकाका साथै केही गाउँपालिकामा २० जनाले कांग्रेस उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार