अपाङ्ग बालबालिकालाई सुविधा सम्पन्न छात्राबास


हिमशिखर समाचारदाता

गार्मा (सोलुखुम्बु)। सोलुखुम्बुको गार्मा माध्यामिक विद्यालयमा अध्ययनरत अपाङ्ग विद्यार्थीहरुका लागि सुविधा सम्पन्न आठ कोठे दुई वटा छात्रावास भवन निर्माण गरिएको छ । जर्मनी नागरिकहरुको सहयोगमा हिमालयन केयर फाउण्डेशनले ९८ लाखको लागतमा छात्रावास भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

गार्मा माध्यमिक विद्यायलयमा अध्ययनरत सुस्त श्रवण शक्ति भएका बालबालिका र शारीरिक रुपमा अपाङ्ग भएका सहित विपन्न परिवारको बालबालिकाले उपयोग गर्न पाउने गरी उक्त भवन सञ्चालनमा ल्याइएको विद्यलायका प्रधानाध्यापक विनोदसिं तामाङले बताउनुभयो । करिब १४ महिना लगाएर निर्माण गरिएको उक्त भवनमा भान्छाकोठा भवन छुटै बनाइएको छ । उक्त भवन सञ्चालनमा आएसँगै बालबालिकाहरुलाई निःशुल्क आवास व्यवस्था गरिने प्रधानाध्यापक तामाङको भनाइ छ ।

विगत लामो समयदेखि विद्यालयले व्यवस्थित छात्राबासको अभावमा दुःख गरेर ती विद्यार्थीलाई राख्दै आएको थियो । छात्रावासले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने सहयोगी संस्था हिमालयन केयर फाउडेशनका अध्यक्ष सोनाम शेर्पाले बताउनुभयो । उहाँले विद्यालयमा विगतदेखि शिक्षक तथा भौतिक निर्माणमा करोड भन्दा बढी सहयोग गरिरहेको विद्यालयले जनाएको छ ।

शारीरिक रुपमा अशक्त बालबालिकालाई आवस भवनले उनीहरुका अभिभावकलाई समेत ढुक्क हुने र थप विद्यार्थी ल्याउन पनि सजिलो हुने जिल्ला शिक्षा अधिकारी डिकबहादुर राई बताउनुभयो । आफ्ना बालबालिकाका लागि सुविधा सम्पन्न आवस भवन बनेपछि चिन्ता कम भएको अभिभावक फूरी शेर्पाले बताउनुभयो । सुस्त बच्चा भएपछि अन्यत्र डेरा बसेर आवतजावत गर्न कठिन हुने भएकाले छात्राबासले धेरै सजिलो हुने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार