खोलाले बगाउँदा सोलुखुम्बुमा दुई बालबालिकाको मृत्यू

 

हिमशिखर समाचारदाता

सोलुखुम्बु, असार ९ गते । सोलुखुम्बुको दुधकौशिका गाउँपालिकाको नेलेमा बिहीबार बर्षासँगै आएको भेलले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । विद्यालयवाट घर फर्कने क्रममा सल्लेरी–नेले सडक खण्डमा पर्नेे जोगरा खहरे खोलामा भारी वर्षासँगै आएको भेलले बगाउँदा हिमशिखर बोर्डिङ स्कुलका दुईजना विद्यार्थीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।

कक्षा दुईमा अध्ययनरत रेवती बस्नेतको छोरी आठ वर्षिया रोशना बस्नेत र एलकेजीमा अध्ययनरत विकास कट्वालको छोरा सात वर्षिया सागर कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ । दुवै जना बालबालिकाको शब बगाएको स्थानवाट करिब पाँच सय मिटर तल भेटिएको छ ।

सुरुमा चार जनालाई खोलाले बगाएको भएपनि खबर प्राप्त हुनासाथ सल्लेरीबाट गएको प्रहरी टोलीले दुई जनालाई सकुशल उद्दार गरेको थियो । मनसुन सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा बिहीबार दिउँसो भारी बर्षा भएको थियो भने खोला खोल्सामा आएको बाढीले पानीको बहाब बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार