सोलुखुम्बुको एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसले नाम्गेल जाङबु शेर्पा र छिण्डी ल्हमू शेर्पालाई उम्मेद्धार बनाएको छ । उम्मेद्धार संगै कांग्रेस सोलुखुम्बुले सुन्दर, विकसित र सम्बद्ध नगरपालिकाको लागि विभिन्न प्राथमिकताहरु समाबेश गरि घोषणा पत्र सार्वजनिक गरेको छ ।
घोषणापत्रको पुर्णपाठ
२००७ सालको क्रान्तिदेखि आजसम्मको सबै परिवर्तन र महत्वपूर्ण राजनैतिक घटनाक्रमको नेतृत्व सफल रुपमा नेपाली काँँग्रेसले गर्दै आएको छ । काँग्रेसकै नेतृत्वमा शान्ति र संविधानको अभिभारा पूरा भएको छ भने केन्द्रिकृत अधिकारहरु गाउँ गाउँमा आएका छन् । नेपाली काँग्रेसको नेतृत्वमा स्थानीय तहलाई अधिकार सम्पन्न हुने गरि संविधान जारी गरेसँगै स्थानीय तहको अधिकारको पूर्ण कार्यान्वयन र समृद्ध स्थानीय सरकार बनाउनका लागि अहिले जनप्रतिनिधि मात्रै नभएर जनप्रशासकको चयन गर्नका लागि हामी सबै निर्वाचनको महाअभियानमा छौँ । स्पष्ट दृष्टिकोणका साथ स्थानीय तहलाई समुचित, समानुपातिक विकास गर्दै समृद्धि हासिल गर्नका लागि प्रभावकारी नेतृत्व प्रदान गर्ने लक्ष्यका साथ म र मेरो प्यानल सोलुदुधकुण्ड नगरपालिकाको नेतृत्व लिने अठोटका साथ आम मतदाताको विश्वास जित्न निर्वाचनमा होमिएका छौँ । सोलुदुधकुण्ड नगरपालिकाको समृद्धिका लागि स्पष्ट दृष्टिकोण, कार्य क्षमता र अनुभव हामीसँग भएकाले नेपाली काँग्रेसको सिंगो प्यानललाई असार १४ गते हुने चुनावमा रुख चिन्हमा स्वस्तिक छाप लगाई अत्याधिक बहुमतले विजयी गराउनका लागि निम्न लिखित प्रतिबद्धता ब्यक्त गर्दै अमुल्य मतको अपेक्षा गरेका छौँ ।
१. सडक
५ बर्ष भित्र १० वटै वडामा पक्कि सडक पु¥याउने र सर्वसाधारणको सहजतका लागि नगरपालिका भित्र नगरबस सञ्चालन गर्ने । ५ बर्ष भित्रै बेनी, खोरियाफेदि, सोल्नासा, तामाखानी खोला, दुधकोशी (जुभिङ तर्ने) मा गाडी गुड्ने पक्कि पुल निर्माण सम्पन्न गरिनेछ । नगरपालिकाको मुख्य प्रबेशद्वार साल्मेमा विद्युतीय ढाटको ब्यवस्था गरि कर संकलनलाई प्रभावकारी बनाईनेछ ।
२. पर्यटन
विश्वको सर्वोच्च शिखरको जिल्ला रहेको एक मात्र नगरपालिकाको रुपमा रहेको यस नगरपालिकालाई आकर्षक पर्यटकीय नगरको रुपमा विकशित गरिनेछ । तल्लो सोलुको दुधकुण्ड क्षेत्र, पिके, पत्ताले, चाँगेस्थान, रात्नाङ्गे, सहष्रबेनीको प्रबर्धन गरि आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकशित गरि आय आर्जनको श्रोत बढाई रोजगारी सृजना गर्ने । विभिन्न गुम्बा र ज्वालामाई मन्दिरको विकास गरि धार्मिक पर्यटनको बृद्धि गर्ने । गार्मामा रहेको पर्वतीय प्रतिष्ठानलाई पर्वतारोहण, पर्यटन ब्यवस्थापन, होटल ब्यवस्थापन लगायत विषयको अध्ययन केन्द्रको रुपमा विकास गरि देशको पर्यटनसँग सम्बन्धित महत्वपूर्ण अध्ययन केन्द्रको रुपमा सोलुदुधकुण्ड नगरपालिकालाई रुपान्तरित गरिनेछ । पर्यटन क्षेत्रका विज्ञ तथा सरोकारवालासँगको समन्वयमा हरेक गाउँमा होम स्टेको ब्यवस्था र प्रबर्धन गरि आयमुलक ब्यवशायको रुपमा विकास गरिनेछ । शैक्षिक पर्यटन, धार्मिक÷सांस्कतिक पर्यटनको अथोचित विकास गर्दै यस नगरपालिकालाई नेपालको पुर्वि तराई र उत्तरी भारतको गर्मि छुट्टि मनाउने केन्द्रको रुपमा विकास गरिनेछ ।
३. शिक्षा
शिक्षालाई रोजगारमुखि बनाउन नगरपालिका भित्रका कम्तिमा ३ वटा उच्च माविलाई पर्यटन, ब्यवस्थापन, कृषि र पशुपालनको विशिष्ट शिक्षालयको रुपमा रुपान्तरित गर्ने । विद्यालयलाई भौतिक सुविधा सम्पन्न बनाउन, गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यार्थीहरुलाई छात्राबृत्तिको ब्यवस्था गर्न विभिन्न गैह्रसरकारी संस्थासँग सहकार्य गरि समुचित प्रबन्ध गर्ने, नगरपालिका भित्रको सोलुखुम्बु बहुमुखि क्याम्पसलाई कृषि तथा होटल ब्यवस्थापन विषयको अध्ययन गर्न गराउन पहल गरिनेछ ।
४. कृषि
नगरपालिका भित्रका खेतियोग्य जमिनको अवस्थाबारे विवरण तयार गरि कुन जमिनमा कस्तो नगदेबालि लगाउन सकिन्छ ? बैज्ञानिक तथ्य साथ किसानलाई सिफारिस गर्ने । स्थानीय कृषि उपजलाई प्राथमिक्ता दिन बाहिरबाट आउने कृषि सामागृ तथा उपजहरुमा कर लगाउने ।
नगरपालिका भित्र कृषि उत्पादन बृद्धि गर्न बाँझो जमिनलाई सदुपयोग गर्न विषेश कृषि अनुदान कार्यक्रम ल्याईनेछ । कृषकहरुलाई कृषि अनुदानको समुचित प्रबन्ध गर्दै बहुमुल्य जडिबुटि खेतिलाई प्रोत्साहन गरिने छ । कृषि बालिमा लाग्ने रोग किराहरुको रोकथाम तथा निदान र पशुचौपायाहरुमा लाग्ने रोगहरुको उपचारका लागि टोलटोलमा कृषि जेटिए र भेटेनरि प्राविधिक खटाईनेछ ।
५. स्वास्थ्य
सबै नगरबासिलाई स्वास्थ्य विमा गराउने, सबै स्वास्थ्य चौकिको गुणात्मक सुधार गर्दै सेवामुखि बनाउने । फाप्लु अस्पताललाई ५० बेडको बनाई भौतिक साधन र सुविधा सम्पन्न बनाउने । ६० बर्ष नाघेकालाई निशुल्क उपचार र ७० बर्ष नाघेका बृद्धबृद्धा र शारिरिक रुपमा अशक्त, बालबालिका र गर्भवति महिलाहरुलाई घरघरमा पुगि नियमित मासिक स्वास्थ्य जाँचको ब्यवस्था गर्ने । हरेक शैक्षिक संस्थामा प्राथमिक उपचारका लागि एउटा नर्सको दरबन्दि खडा गरि जनशक्ति ब्यवस्था गरिनेछ । कुपोषणको अन्त्यका लागि हरेक टोलटोलमा पोषण शिविर सञ्चालन गरिने छ ।
आकस्मिक उपचारको लागि कम्तिमा ३ वटा एम्बुलेन्सको ब्यवस्था गरि नगपालिकाका तीन वटै क्षेत्रमा राखिनेछ । नगरपालिकाका स्वास्थ्य संस्थामा उपचार संभव नभएर काठमाण्डौँ लैजानु पर्ने अवस्था आए हेलिकप्टर तैनाथ अवस्थामा राखिनेछ । हेलिकप्टर चार्टरको लागि नगरपालिकाकै पहलमा छुट्टै स्वास्थ्य उद्धार कोषको ब्यवस्था गरिनेछ । तत्कालको लागि फाप्लु अस्पतालमा ब्लड बैंकको स्थापनाको लागि पहल गरिनेछ भने हरेक वडाका स्वास्थ्य चौकिमा आपतकालिन भ्याक्सिनको ब्यवस्था गरिनेछ ।
६. उर्जा
निर्माण शुरु भएका ठूला जलविद्युत आयोजनाको कामलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि उपयुक्त वातावरण सृजना गर्ने । नगरपालिकाका १० वटै वडामा तत्कालको लागि लघुजलविद्युतको ब्यवस्था गर्ने र ठूला जलविद्युत आयोजनालाई ग्रामिण विद्युतिकरण गरि २४ सै घण्टा उज्यालो नगरको पहिचान दिलाउने । साथै मुख्य ब्यापारिक केन्द्र र सडकहरुमा सौर्य वत्तिको ब्यवस्था गर्ने । हाल निर्माणाधि र निर्माण हुने जलविद्युत आयोजनामा जनताको अपनत्वको सुनिश्चितता गर्न सबैलाई संस्थापक शेयर उपलब्ध गराई जनतालाई जलविद्युतको स्वायमित्व दिलाउने । जलविद्युत आयोजनाबाट अतिप्रभावित क्षेत्रका नागरिकलाई अधिकतम शेयर उपलब्ध गराउन पहल गरि आवश्यक्ता अनुसार सुरक्षित स्थानान्तरणको उचित ब्यवस्था मिलाउन पहल गरिनेछ ।
७. खानेपानी/सरसफाई
नगरबासिलाई ३ बर्ष भित्र शुद्धखानेपानीको ब्यवस्था गर्ने । नुनथला, जुनबेशी, फाप्लु, सल्लेरी, दोर्पु, पत्ताले बजार लगायतका मुख्य मुख्य स्थानमा ब्यवस्थित ढलविकास योजना सञ्चालन गर्ने । फोहोरमैललाई ब्यवस्थापन गर्न तुरुन्त डम्पिङ साईडको प्रबन्ध गर्ने ।
८. युवा रोजगारी
बर्षमा कम्तिमा ५०० जना युवालाई कुक, प्लम्बर, वाईरिङ, कृषि लगायत रोजगारमुलक तालिम दिई रोजगारी सृजना गरिनेछ जस्ले गर्दा ५ बर्ष भित्र नगरपालिकामा बेरोजगारी उन्मुलन गरिनेछ ।
९. बन तथा वातावरण
नगरपालिकाका सबै सामुदायीक बनमा बैज्ञानिक बन ब्यवस्थापन योजना सञ्चालन गरिनेछ । पुराना तथा बढि आयु भएका रुखहरुको लिलाम बिक्रीको समुचित ब्यवस्था गरि नाङ्गो ठाउँहरुमा ब्यापक मात्रामा बृक्षारोपण गरि यस नगरलाई हराभरा नगरपालिकाको रुपमा पहिचान दिलाईनेछ । जस्ले पर्याय पर्यटनको विकासमा ठोस योगदान पुग्नेछ । लोपहुन लागेका बन्यजन्तुको संरक्षण, जैविक विविधता र पारिस्थितिक प्रणालिको सन्तुलनका लागि छुट्टै विशेष कार्यक्रम सञ्चालन गरिनेछ । नगरपालिकाका कम्तिमा दुई वटा स्थानमा ईको पार्क र पिकनिक स्थलको विकास गरिनेछ ।
१०. सामाजिक शुरक्षा
हाल नेपाल सरकारले प्रदान गरिरहेको सामाजिक सुरक्षा भत्तालाई बृद्धि गरि मासिक ३ हजार ५ सय पु¥याईने छ र बार्षिक रुपमा बढाउदै बृद्धबृद्धा, अशक्त, फरक क्षमता भएका ब्यक्ति, एकल महिलाको जीवनयापनमा सहजता ल्याईनेछ । हामी निर्वाचित भए पछि घर घरमा सामाजिक शुरक्षा भत्ता पु¥याईने छ ।
११. सुचना/सञ्चार
हालका दुरसंचार प्रदायक संस्था तथा कम्पनीहरुको टावर र नेटवर्क क्षमतामा अभिबृद्धि गरि ६ महिना भित्र नगरपालिकाका कुना कुनामा मोबाईल र टेलिफोन नेटवर्क सहज रुपमा पु¥याईनेछ । हरेक वडा केन्द्रमा वाईफाई जोन बनाईनेछ । नगरपालिकाबाट सम्पादन हुने काम वडाबाटै हुने गरिन अनलाईन प्रणालिबाट सबै सेवा वडा बाटै प्रदान गरिनेछ ।
नगरपालिका भित्र संचार माध्यमको प्रभावकारी र दिगो विकासका लागि एफ.एम. रेडियो र पत्रपत्रिकाको ईजाजत जारी गर्ने छुट्टै ब्यवस्था गरिनेछ । हाल सञ्चालनमा रहेका सञ्चारमाध्यमलाई आत्मानिर्भर र समृद्ध बनाउन विशेष प्याकेज सञ्चालन गरिनेछ । नगरक्षेत्रका सञ्चारकर्मी र पत्रकारको ब्यवशायीक विकास र दक्षताा अभिबृद्धिका लागि नियमित तालिमहरु सञ्चालन गरिनेछ । यस नगरपालिकामा आउने स्वदेशि तथा विदेशि पत्रकारको सहजताका लागि सुविधा सम्पन्न मिडिया सेण्टर बनाईनेछ भने सुचना केन्द्रको पनि ब्यवस्था गरिने छ ।
१२. शुसासन
भ्रष्टाचारमुक्त प्रशासन निर्माणका लागि ‘ई–गभरनेन्स’ पद्धति लागु गरिनेछ । जसका लागि नगरपालिकाको कामकार्बाही, निर्णय, कार्यान्वयन प्रकृयाका साथमा आर्थिक कुराहरुको पारदर्शिताका लागि छुट्टै आधुनिक सफ्टवेर निर्माण गरिने छ । नगरपालिकामा भएको र मेयर तथा उपमेयरले सम्पादन गरेको मासिक प्रगति विवरण वेभसाईट र मिडिया मार्फत सार्वजनिक गरिनेछ । नियमित रुपमा सार्वजनिक सुनुवाई, समाजिक परिक्षण र सार्वजनिक परीक्षण गरिनेछ । गुनासो सुन्ने तथा उजुरी लिने प्रकृयालाई प्रभावकारी बनाईने छ भने नगरपालिकाको समग्र विकास निर्माण र सेवा प्रवाहको अनगुमनलाई प्रभावकारी बनाउन नागरिक समाजका संस्थाहरु मार्फत तश्रो पक्षद्वारा अनुगमन (त्जष्चम उबचतथ mयलष्तयचष्लन) गराउने ब्यवस्था गरिनेछ । नगरपालिकाको समग्र कामकार्बाही र सेवा प्रवाहको प्रभावकारीताका लागि नगरपालिकामा सञ्चालित एफ.एम. स्टेशनहरुबाट साप्ताहिक रुपमा हेल्लो मेयर रेडियो कार्यक्रम सञ्चालन गरिनेछ ।
अन्य प्राथमिक्ताहरु
क) नगरपालिकाको हरेक वडामा सार्वजनिक शौचालयको ब्यवस्था(अपाङ्ग, बृद्धबृद्धालाई सहज हुने खालको निर्माण गर्ने)
ख) शुरक्षा निगरानीका लागि महत्वपूर्ण स्थानहरुमा सिसिटिभिको ब्यवस्था गरिनेछ
ग) घर जग्गाको नक्सा पास र डिजाईनलाई सहज बनाउने
घ) बैंक तथा वित्तिय संस्थामा सबै नागरिकको सहज पहुँच पु¥याउनका लागि हरेक वडामा कम्तिमा एउटा वित्तिय संस्थाको स्थापना गरिनेछ ।
ङ) हाल ट्रयाक खुलेको सडकहरुको तत्काल स्तरउन्नतीका लागि पहल गरिनेछ ।
च) नगरपालिका भित्र साना तथा मझौला उद्योगहरु सञ्चालन गर्न निजि क्षेत्रलाई प्रोत्सान गर्ने
छ) भुकम्प प्रभावितहरुले नियमानुसार पाउने सरकारी सुविधा र रकम तत्काल निकाशा गरि आवास पुनर्निमाणको काम अगाडी बढाउन पहल गरिनेछ ।
अन्त्यमा,
यही असार १४ गते हुने निर्वाचनमा नेपाली काँग्रेसको सम्पूर्ण प्यानललाई लहरै रुख चिन्हमा स्वस्तिक छाप लगाई मेयर, उपमेयर सहित १० वटा वडाका अध्यक्ष सहित सम्पूर्ण सदस्यहरुलाई अत्याधिक मत सहित विजयी गराई सोलुदुधकुण्ड नगरको विकास र समृद्धिको लागि जनताको सेवा गर्ने मौका दिनुहुन अनुरोध गर्दछौँ । source:himalfm.org