विक्रम श्रेष्ठ, सोलुखुम्बु, १० असार ।
सोलुदुधकुण्ड नगरपालिकामा मेयरका मुख्य प्रतिस्पर्धिका रुपमा ठुला तीन पार्टीकै उमेदवारहरु देखिएका छन् ।
अहिले मतदाताहरु कुन उमेदवारको योग्यता कति छ भनेर तौलि मात्रै रहेका छैनन् । उनीहरुको राजनितिक पृष्ठभुमी पनि खोजी रहेका छन् । हामीले प्रमुख दलका तर्फवाट मेयरका उम्मेद्धारहरुको योग्यता प्रस्तुत गर्दैछौ ।
सोलुदुधकुण्ड नगरपालिकाको लागि काग्रेस एमाले र माओबादीबाट मैदानमा आएका उमेदवारहरुकै कडा प्रतिस्पर्धा देखिएको छ । नाम्गेल जाङबु शेर्पा, आङइगेले शेर्पा र निमा तेण्डुप शेर्पाका बारेमा अहिले को सक्षम उमेदवार भनि गहन बिश्लेषण हुन थालेको छ । शैक्षिक योग्यताको चर्चा गर्दा सबैभन्दा बढि पढे–लेखेका उमेदवारमा नाम्गेल जाङबु शेर्पा नै अगाडी देखिएका छन् । ३६ बर्षको भरपुर युवा जोस लिएर चुनाबी मैदानमा आएका नाम्गेलले समाजशास्त्र र अग्रेजीमा दोहोरो स्नाकोत्तर गरेका छन् । अहिले ग्रामिण विकासमा स्नातक दोस्रो बर्षमा अध्ययनरत छन् । एमालेका उमेदवार आङइगेले शेर्पाले राजनितिक शास्त्रमा स्नात्कोत्तर गरेका छन् । अहिले नेपाली राजनितिमा अल्पसंख्यक जातीहरुको अबस्थाका बारेमा बिद्याबारिधिको तयारीमा रहेको उनको दाबी छ । यता माओबादीका उम्मेद्धार निमा तेण्डुप शेर्पाले राजनिति शास्त्रमा स्नातक तह सम्म अध्ययन गरेका छन् ।
राजनितिक संघर्षको चर्चा गर्दा आङइगेले शेर्पाको लामो संघर्ष छ । उमेरले पनि ७० बर्षको हाराहारीमा पुगिसकेका उनी २९ सालमा काठमाडौँ स्थीत सरस्वती क्याम्पसको स्वबियु सभापतिमा निर्बाचित भएका थिए । त्यसपछि राजनितिक संघर्षका क्रममा ९ महिना जेल सजायँ भोगेका उनी ठुल्ठुला निर्बाचनको मैदानमा उत्रिएपनि जितका लागि कुनै पनि ढोका खुलेनन् । ०४८ र ५१ सालको संसदिय निर्बाचनमा सोलुखुम्बुमा एमालेबाट टिकट पाएपनि उनले त्यसलाइ जितमा बदल्न सकेनन् । पछि ६४ सालको संबिधान सभा निर्बाचनमा समानुपातिक तर्फबाट पार्टीले उम्मेद्धार बनाएपनि सभाषद बन्न बाटो खुलेन । त्यसपछि एमालेको आठौँ महाधिबेशनमा झलनाथ खनाल प्यालनबाट केन्द्रीय सदस्यमा र नवौँ महाधिबेशनमा माधब कुमार नेपाल प्यानलबाट उम्मेद्धार भएपनि त्यसमा पनि हार बेहोर्नुपर्याे । यसरी हारको मात्रै स्वाद चाखेका आङइगेले मेयरमा भने जित्ने दाउमा छन् ।
ठुला निर्बाचन सामना नगरे पनि काग्रेसका उमेदवार नाम्गेलको राजनितिक योगदान प्रचुर देखिन्छ । २०५४ मा नेपाली कांग्रेसको साधारण सदस्यता लिएर राजनिति सुरु गरेका उनले नेपाल विद्यार्थी संघको जिल्ला सदस्य, कोषाध्यक्ष हुदै ६२/६३ जन–आन्दोलन सघर्ष समिति सदस्य, ६३ साल यता निरन्तर कांग्रेसको क्षेत्रीय सदस्य भएर काम गरेका छन् । ठुलो निर्बाचनको स्वाद नलिएका नाम्गेल युवा–उमेर, शैक्षिक योग्यता, राजनितिक पृष्ठभुमी, आबद्ध संघसस्थाबाट पाएको सामाजिक कामको अनुभबले आफुलाइ अब्बल ठान्छन् ।
नेकपा माओबादी केन्द्रका उमेदवार निमा तेण्डुप शेर्पा पनि राजनितिक लडाइमा ठुला खेलाडी होइनन् । तर नगरको बिकासका लागि उनीसंग पनि अन्य उमेदवार भन्दा कम महत्वकाक्षा छैन । १४ बर्षको उमेर मै राजनितिक गतिबिधिमा संलग्न निमा तेण्डुप अहिले पार्टीको महाधिबेशन आयोजक समितिका सदस्य छन् । चुनाबी मैदानमा उनको यो पहिलो अनुभब हो । तर सामाजिक संघ सस्थामा आबद्धता भने नाम्गेल र निमा तेण्डुपको उस्तै देखिन्छ । बिशेष गरि उनले बिदेशमा हुने सामाजिक फोरमहरुमा बढि सहभागी भएको अनुभब संगालेका छन् ।
उमेदवारको ब्यक्तित्व सहित जितका लागि आफु आबद्ध रहेको पार्टीको सांगठनिक बलियोपनाले पनि मुलभुत प्रभाब पार्ने भएकाले मतदाताहरु माझ आफ्ना भाबी मेयरका बारेमा खास बिश्लेषण हुनु स्वभाबिक हो । यस्तो अबस्थामा राजनितिक जोस र जोस हराउदा होस नहराउने दुरदर्शि, स्वस्थ, कर्मठ र इमान्दार उमेदवार छनौटमा ध्यान दिन आबश्यक छ ।himalfm.org