माओबादी नै परिर्वतनको संवाहक – नेता गोपाल किराती

शिखर गजरकोटे,
सोलुखुम्बु, १० असार ।

नेकपा माओबादी केन्द्रका नेता गोपाल किरातीले माओबादी नै परिर्वतनको संवाहक भएको दाबी गर्नुभयो ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधन गर्दै संघीयता, धर्म निरपेक्षता, गणतन्त्र लगायतका परिर्वतन माओबादीको पहलकदमीमा आएकाले परिर्वतनको संभावक भएको दाबी गर्नुभयो । नेता किरातीले स्थानीय तहको सवालमा आफूले अघि सारेको अवधारणा अनुरुप नै कार्यान्वयनमा आएकाले मूलुकको मूहार फेर्न माओबादीलाई जिताउनुपर्ने तर्क पेश गर्नुभयो ।

चुनावी सभामा माओबादी केन्द्र सोलुखुम्बु जिल्ला संयोजक हेम कुमार राई सुरवीर, नेता महेश किराती लगायतले बोल्दै माओबादी केन्द्रकै पक्षमा जन लहर देखिएकाले नेचासल्यान गाउँपालिकामा पनि माओबादी कै उम्मेद्धारले जित्ने दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार