शिक्षक कर्मचारी सम्मानित

हिमशिखर समाचारदाता
सोलुखुम्बु । संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार भन्ने मूल नाराका साथ ३८ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा सोलुखुम्बुका शिक्षक, कर्मचारी तथा शिक्षासँग सम्बद्ध व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुमा भएको एक कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका खरिदार नेत्रप्रसाद घिमिरे, मन्जुश्री आधारभूत विद्यालय सल्लेरीका प्रधानाध्यपक चक्रबहादुर बस्नेत, महेन्द्रोज्योती माध्यामिक विद्यालयका प्रधानाध्यपक विरुमान थुलुङ राई, सिंहकाली माध्यामिक विद्यालय तिङलाका प्रधानाध्यपक कुमार खड्कालाई पदक तथा प्रमाण पत्रले सम्मान गरिएको हो ।
त्यस्तै, शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेबापत प्रशंसा पत्रद्वारा जालपा आधारभूत विद्यालय नेचाका विव्यस अध्यक्ष मणिकुमार राई, हिमशिखर बोर्डिङ स्कुलका पिन्सिपल प्रणय राई, सोताङ स्रोत केन्द्रका स्रोत व्यक्ति गोविन्दप्रसाद चौलागाईलाई सम्मान गरिएको छ ।

सोही अवसरमा लामो समय शिक्षकका रुपमा काम गरेर उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका शिक्षकहरुलाई समेत सम्मान गरिएको छ । जसमा देउराली आधारभुत विद्यालय देउसाका शिक्षक प्रदिप लामा, हिमालय माध्यामिक विद्यालय बासाका प्रधानाध्यपक गयानन्द शर्मा, जालिम देवी आधारमूत विद्यालय देउसाका शिक्षक गीताबहादुर बस्नेत, थामे आधारभूत विद्यालयका शिक्षक लाखमान तामाङ रहनु् भएको छ ।

सम्मान कार्यक्रममा बोल्दै जिल्ला शिक्षा समिति सोलुखुम्बुका सभापति धर्मराज बनले समाजको चेतनास्तर बढाउन शिक्षकको महत्वपुर्ण भूमिका हुने बताउनु भएकाले समाज परिवर्तनको बाहक शिक्षक भएको बताउनुभयो । त्यस्तै, जिल्ला शिक्षा अधिकारी राजकुमार थापाले शिक्षकले सिकाई उपलब्धी हासिल गराउन मुख्य भूमिका खेल्नुपर्ने बताउदै शिक्षा क्षेत्र समस्याग्रस्त भएको स्किार्नुभयो ।

सम्मान ग्रहण गर्दै सिंहकाली माध्यामिक विद्यालय तिङलाका प्रधानाध्यपक कुमार खड्काले शिक्षाको गुणस्तर बृद्धि गर्न मुख्य जिम्मेवार शिक्षक नै भएको बताउनुभयो । कार्यक्रममा विद्यालय निरीक्षक विनोद कार्की, रीड नेपालका सल्लेरी संयोजक कपिल पुरीले जिल्लाको वर्तमान शैक्षिक अवस्थाका बारेमा चर्चा गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार