सोलुका एक्लो ‘झा’ काँग्रेसबाट सिफारिस

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामै एक मात्र मधेशी मूलका झा नेपाली काँग्रेसको समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस हुनुभएको छ । आन्तरिक विवादमा रहेको सोलुखुम्बु काँग्रेसले तीन वटा सिफारिसको सूचि बुझाउँदा केन्द्रिय सदस्य बलबहादुर केसीको समूहबाट तरुण दल सोलुखुम्बुका अध्यक्ष तथा महाधिबेसन प्रतिनिधि अशोककुमार झा सिफरिसमा पर्नुभएको हो ।

हाल अर्थ राज्यमन्त्रि उदय शमसेर राणाका स्वकीय सचिब समेत रहनुभएका उहाँ त्यो समूदायको जिल्लामै एक्लो हुनुहुन्छ । काँग्रेस सोलुखुम्बुले आफूलाई न्याय गरेको उहाँले बताउनुभयो । समावेशीतर्फबाट सिफारिसमा पर्नुभएका झाले भन्नुभयो –नेपाली काँग्रेस सोलुखुम्बुले बहुसंख्यक जातिलाई मात्र नहेरी सबैलाई क्षमताका आधारमा स्थान दिएको छ, अब केन्द्रले न्याय गरेर मलाई स्थान दिन्छ भन्ने विश्वासमा छु ।

आफूलाई पार्टीले यो अवसर दिएमा लोकप्रिय मत ल्याएर देखाउने उहाँको दाबी छ । सोलुखुम्बुको तरुण दल अध्यक्ष भएपछि सक्रिय रुपमा संगठन विस्तारदेखि विभिन्न गतिविधिमा अग्रणी भूमिका खेलेको बताउने झा सोलुका प्रत्येक युवाको साथ आफूलाई रहेको बताउनुहुन्छ । राजनीति सेवाका लागि हुनुपर्ने धारणा राख्ने झाले आफू जहिले पनि कार्यकर्ता र जनताको साथमा रहने बताउनुभयो ।

सप्तरीमा जन्मनु भएका झा सोलुखुम्बुको साबिकको सल्यान गाविस वडा नं. ४ तथा हालको नेचासल्यान गाउँपालिका २ मा बसोबास गर्दै विद्यालय तहको अध्ययन समेत सल्यानकै महेन्द्रोदय माध्यामिक विद्यालयबाट पूरा गर्नुभएको हो । उहाँ त्यस विद्यालयको विद्यार्थी जीवनदेखिनै नेपाल विद्यार्थी संघ को राजनीतिमा सक्रिय रहेको उहाँका समकक्षीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार