स्टेजमा गुन्यूचोलीमा देखिएकी ज्योति सुध्रिएकी होलिन् त ? (भिडियो सहित)

एउटी गायिका आफ्नो प्रस्तुती दिने क्रममा गुन्यूचोली देखिदा अचम्म मान्नुपर्ने विषय त होईन तर अधिकांश प्रस्तुतीमा छोटा कपडा सहित प्रस्तुत हुने र उत्तेजित प्रस्तुती दिदै आलोचित हुदै आएको अवस्थामा ज्योतिलाई गुन्यूचोलीमा देखिनु नौलो विषय बनेको छ ।

गायिका ज्योति मगर शनिबार पोखराको एक कार्यक्रममा गुन्यूचोलीमा देखिनु, शालिन प्रस्तुती दिनुलाई महत्वका साथ हेरिएको छ । सो प्रस्तुतीको तस्विर बाहिरिएपछि धेरैले ज्योति सुध्रिएकी होलिन् ? नकारात्मक प्रतिक्रियालाई सफलता ठान्दै आएकी ज्योतिलाई देश अनुसारको भेषले तान्न खोजेको होला ? विकृति न्यूनिकरणमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको प्रयास सफल बन्दै गएको होला ? कि, प्रतिष्ठानले अश्लिल र उत्तेजित प्रस्तुती दिनेलाई कारबाहीको माग गर्दै प्रशासन गुहारेपछि डराएकी होलिन् ? यस्ता प्रश्नहरुले जन्म लिएको छ ।

केहि हप्ता अघि मात्रै पोखराकै एक कार्यक्रममा बोलेका र दोहोरीमा प्रयोग गरेका शब्दको विषयमा लोक क्षेत्र तरङगीत भएको थियो । ज्योतिले प्रतिष्ठानलाई समेत हेपेर बोल्दै आएकी थिईन, उनले स्वतन्त्रतालाई प्रयोग गर्दै लोकदोहोरीको सीमा मिच्दै आएकी थिईन् ।

शनिबारको कार्यक्रमका साक्षि दोहोरी प्रतिष्ठानका केन्द्रिय सदस्य जीवन दाहालले गुन्यूचोली लगाउन गरेको आग्रह सहर्ष स्विकारिन् । दाहाल भन्छन्, ‘हामीले यस अघिका कार्यक्रममा गरेको आग्रह नमानेकी ज्योतिले यो पटक भने सहज रुपमा स्विकारिन् । शालिन प्रस्तुतीले हामी पनि खुसि भएका छौ ।’

आफ्ना प्रस्तुतीमा प्रयोग गर्ने शब्द र हाउभाउवाट ज्योति आलोचित बन्दै आएकी थिईन् तर उनले आलोचनालाई प्रोत्साहनको खुराकको रुपमा लिदै आएकी थिईन् । तर एक्कासी लोक गायिका भन्न सुहाउदो पहिरनमा स्टेजमा देखिएपछि दर्शक मात्र हैन्, लोकदोहोरी अग्रज पंक्ति पनि अचम्ममा परेका छन् । लोकक्षेत्रमा सभ्यता चाहने हरेकको मन खुसि भएको छ ।

गतहप्ता मात्रै अश्लिल र उत्तेजक प्रस्तुती दिने गायकगायिकालाई नियन्त्रण गर्नका लागि गृह प्रशासनलाई गुहारेको थियो । प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीको नेतृत्वले गृहमन्त्री जर्नादन शर्मालाई ७७ वटै जिल्ला प्रशासनलाई निर्देशनात्मक परिपत्र गर्न आग्रह गरेको थियो । गृहमन्त्रीले ज्ञापनपत्रलाई सकारात्मक रुपमा लिई परिपत्रका लागि तोक लागएका थिए ।

ज्योतिले भनेकी छिन्, ‘व्यक्तिको चरित्र पोशाकले होईन, नियतीले निर्धारण गर्छ । मलाई भल्गर भन्नेहरुलाई शब्द फिर्ता गर्छु ।’ उनले आयोजकको आग्रहलाई मानेर गुन्यूचोली लाएरको बताएकी छिन् ।

कतिपयले प्रतिष्ठानको पछिल्लो प्रयासले पनि काम गरेको हुन सक्ने आँकलन लगाएका छन् । जे होस्, हरेकका मनमा उब्जिएका प्रश्नको सहि जवाफ पाउन उनका आगामी स्टेज प्रस्तुती पर्खनुपर्नेछ । सामाजिक परिधिलाई ख्याल राखेर लोक शैलीमै हिडिन् भने ज्योति सबैको प्यारी बन्न सक्लिन् तर झुक्याएकी रहेछिन् भने ज्योतिको नाटकी शैली ठहरिनेछ । http://www.hamrobhakha.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार