सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–६ तिङ्लाको थोप्लेनीमा एक जना महिला बेपत्ता भएकी छन् । शनिबार विहान घाँस काट्न जान हिँडेकी ५२ वर्षिय बालकुमारी बस्नेत खोलामा परेको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।
स्थानीय सोलु खोलामा महिलाको साडी भेटिएपछि खोलामा परेको अनुमान गरी नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी कार्य जारी राखेको भएपनि फेला नपरेको उहाँले बताउनुभयो । केही समययता मानसिक रुपमा बिरामी भएको परिवार स्रोतले जनाएको छ ।