काँग्रेस सोलुको प्रत्यक्ष उम्मेदवार तय

सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुको आसन्न प्रदेस तथा प्रतिनिधि सभाका लागि उम्मेदवार चयन भएका छन् । काँग्रेस केन्द्रिय समितिको मङ्गलबारको बैठकले सोलुखुम्बुमा एक जना प्रतिनिधि सभा तथा दुईजना प्रदेस सभाका लागि टिकट वितरण गरेको हो ।

प्रदेस सभाका लागि एक मात्र क्षेत्र रहेको सोलुखुम्बुमा बलबहादुर केसीले टिकट पाउनु भएको छ भने प्रदेसका लागि क्षेत्र नं. १ मा प्रकाश सिं कार्की र क्षेत्र नं. २ मा आङगेलु शेर्पाले टिकट पाउनु भएको छ । केसी पौडेल पक्षबाट पर्नुभएको हो भने कार्की र शेर्पा देउवा कोटाबाट पर्नुभएको काँग्रेस स्रोतले जनाएको छ ।

आन्तरिक विवादमा रहेको सोलुखुम्बुको काँग्रेसका तीन वटा गुटले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेको थियो । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय भनिने शेर्पा समूहले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पुर्व पार्टी सभापति आङगेलु शेर्पा र कर्मा शेर्पा, पुरुषोत्तम बस्नेतको समूहले गोकर्ण राईलाई र बलबहादुर केसी समूहले बलबहादुर केसी र खिलराज बस्नेतलाई सिफारिस गरेकोमा केसीले बाजी मार्नुभएको हो ।

त्यस्तै, प्रदेश सभाको प्रत्यक्षतर्फ १ नम्बर क्षेत्रमा केसी समूहबाट विनोदकुमार बस्नेत, धनजन राई, बस्नेत समूहबाट सूर्य कुलुङ, छत्रध्वज बस्नेत र हेबबहादुर खड्का शेर्पा समूहबाट प्रत्यक्षतर्फ कृष्णप्रसाद निरौला, प्रकाशसिंह कार्की र सुर्य कुलुङको नाम केन्द्रमा सिफारिस गरेकोमा प्रकाशसिं कार्कीले बाजी मार्नुभएको हो ।

यता क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ केसी समूहले आङगेलु शेर्पा र कुसाङ शेर्पा, बस्नेत समूहले मंगलसिं तामाङ र शेर्पा समूहले मनोज खड्का, कर्मा शेर्पा र मंगलसिं तामाङको सिफारिस गरेकोमा आङगेलु शेर्पालाई टिकट दिइएको छ । उम्मेदवार तय भएसँगै सोलुखुम्बुमा काँग्रेसले निर्वाचन केन्द्रित गतिविधि बढाउने जनाएको छ ।

त्यस्तै, नेपाली कांग्रेसले पहिलो चरणमा चुनाव हुने ३२ मध्ये ७ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार मंगलबार बसेको संसदीय बोर्डको बैठकले ताप्लेजुङ,पाँचथर,सोलुखुम्बु,खोटाङ,मनाङ,हुम्ला र जाजरकोटमा उम्मेदवार तय गरेको हो ।ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यमा केशवप्रसाद दाहाल, देशसभातर्फ १ मा लिलादेवी बोखिम र २ मा दिपेन्द्रकुमार सेन्दाङ उम्मेदवार तय भएका छन् । पाँचथरमा भिष्मराज आङदेम्बे प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । उनी कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान सांसद हुन् ।

प्रदेशसभातर्फ १ नम्बरमा नरेन्द्रकुमार केरुङ र २ मा सुरेन्द्र दाहालको नाम तय भएको छ । खोटाङको प्रतिनिधिसभामा कांग्रेसले शरस्वती बजिमयलाई उम्मेदवार तय गरेको छ भने प्रदेशमा १ बाट सुभाषकुमार पोखरेल र २ बाट बिष्णुकुमार राईको नाम टुंगो लागेको छ । मनाङको प्रतिनिसिधभामा टेकवहादुर गुरुङ प्रदेशमा क्रमशः चिन्तावहादुर घले र कर्मा गुरुङको नाम तय भएको छ ।

हुम्लामा प्रतिनिधिसभामा मंगल शाही उम्मेदवार बन्ने भएका छन् भने प्रदेशमा क्रमशः ठानबहादुर रोकाया र जीवनवहादुर शाही उम्मेदवार तय भएका छन् । जाजरकोटबाट कांग्रेसले राजिवविक्रम शाहलाई प्रतिनिधिसभाको उम्मेदवार उठाएको छ । प्रदेशतर्फ क्रमशः बेदवहादुर सिंह र दिपकजंग शाह उम्मेदवार बनेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार