जनताको मन जित्दै आङगेलु शेर्पा

बैचारिक र प्रखर वक्ताको रुपमा परिचित

संबाददाता/सोलुखुम्बु, २२ कात्तिक

काँग्रेसका लोकप्रिय युवा नेताका रुपमा जनताको मनमस्तिष्कमा बस्न सफल आङगेलु शेर्पा यत्तिखेर सोलुखुम्बुको प्रदेश सभामा चुनाव लड्दैछन् । उनी १५ बर्षसम्म सोलुखुम्बुको काँग्रेस जिल्ला सभापति हुँदा विकास निर्माणका धेरै काम गरेको हुनाले पनि उनी जनताको मनमा बस्न सफल भएका छन् ।

माओबादीको द्वन्दका बेला २०६१/६२ सालमा शेर्पाले सञ्चालन गरेको लोकजागरण अभियानका कारण उनी जनताको मनमस्तिष्कमा बस्न सफल भएका हुन् । जिल्लाको विकास निर्माण र सम्बृद्धिका सवालमा स्पष्ट दृष्टिकोण भएको नेताको छवि बनाएका शेर्पालाई सोलुखुम्बुका नागरिकले बैचारिक नेता र प्रखर बक्ताको रुपमा पनि चिन्ने गर्छन । लामो समय जिल्लाको विकासे योजनाको खाका बनाउने काम र बजेट विनियोजन गर्दा उनले सधैँ जनतालाई केन्द्र विन्दुमा राखेर काम गरेका थिए । त्यही कारणले पनि होला उनलाई जनतो औधी रुचाएका छन् ।

बढ्दो बेरोजगारीलाई अन्त्य गर्न सोलुखुम्बु जिल्लमा प्राविधिक तथा व्यवसायीक शिक्षाको शुरुवात गर्ने, सडक सञ्जालको ब्यवस्थित विस्तार र विकास गर्ने मुख्य काम उनले गरेका कारण पनि सोलुखुम्बुका जनताले उनलाई भिजनरी नेताको रुपमा लिएका छन् । काँग्रेस भित्र बैचारिक संगठकको छाप छाडेका शेर्पालाई वामगठबन्धनकै धेरै नेता तथा आम मतदाताले रुचाएका छन् । उनको विकासप्रेमी काम र सोलुखुम्बुलाई अगाडी बढाउने स्पष्ट दृष्टिकोण देखेर बृद्धबृद्धा देखि लिएर बालबालिका सम्म खुशी भएका छन् । उनी जहाँ जहाँ चुनावी कार्यक्रम लिएर जान्छन् त्यहाँको जनलहरले उनलाई स्वावासि र अग्रिम बधाई दिने गरेका छन् ।

जनताको मनमा बस्न सफल भएकै कारण पनि यो चुनाव जित्नेमा उनी ढुक्क छन् । सोलुखुम्बु काँग्रेसको गढ भएको र ब्यक्तिगत लोकप्रियता कारण पनि उनको जित सुनिश्चित भएको जिल्लामा चर्चा हुने गरेको हो । उनले प्रदेश सभा निर्वाचन क्षेत्र ख लाई १ नम्बर प्रदेशकै नमुना क्षेत्र बनाउने प्रण गरेका छन् । आङगेलु शेर्पालाई काँग्रेसले प्रदेश सांसदको उम्मेदवार मात्र नभएर १ नम्बर प्रदेशकै मुख्य मन्त्रिको रुपमा अगाडी सारेकाले सोलुखुम्बुका जनता आङगेलु शेर्पालाई चुनाव जिताउन आतुर भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार