सोलु सोताङमा गठबन्धन र काँग्रेस कार्यकर्ताविच झडप, आधा दर्जन घाईते

घाईते तामाङलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संबाददाता/सोलुखुम्बु, २४ कात्तिक

सोलुखुम्बुको सोताङमा वामगठबन्धन र कांग्रेस कार्यकर्ता बीच मुठभेड हुँदा काँग्रेस जिल्ला कोषध्यक्ष सहित दुवै तर्फका आधा दर्जन घाईते भएका छन् । गठबन्धनका कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई ब्यानर च्यातेको आरोप लगाएको विषयमा विवाद उत्पन्न भई शिवटार बजारमा आपसि झडपको स्थिति उत्पन्न हुँदा आफ्ना कोषाध्यक्ष पेमा तामाङ सहित ४ जना घाईते भएको काँग्रेसले जनाएको छ ।

फाईल तस्विर

बाम गठबन्धका कार्यकर्ताको ढुंगा प्रहारबाट घाईते भएकी जिल्ला कोषाध्यक्षलाई थप उपचारका लागि हेलिप्टर मार्फत काठमाण्डौ लगिएको तरुण दलका जिल्ला अध्यक्ष अशोक झाले जानकारी दिनुभयो । यता झडपमा नेकपा माओबादी केन्द्रका महाधिबेशन आयोजक समिति सदस्य घनश्याम नेपाली घाईते भएका छन् । टाउकोमा चोट लागेका नेपालीको सोताङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको बताइएको छ । काँग्रेसका कार्यकर्ताले पम्पलेट र पोष्टर च्यातेका कारण झडपको अवस्था आएको नेकपा एमालेका प्रदेश सभा उम्मेदवार उत्तमकुमार बस्नेतले बताउनु भयो ।

सोताङ बजारमा रातभर तनावको अवस्था उत्पन्न भएपछि विहान घटनाले उग्ररुप लिएको हो । घटनालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरको समेत तयारी गरेको थियो । घटना लगत्तै प्रहरी कार्यालयमा भएको छलफल पछि काँग्रेस उम्मेदवार बलबहादुर केसी र प्रकाशसिंह कार्कीको टोली जुबु तर्फ प्रस्थान गरेको छ भने गठबन्धन चुनावी सभा तिर जुटेको छ । काँग्रेस उम्मेदवार केसीले भने आफुलाई प्रशासनले सुरक्षा नदिएको गुनासो गर्नु भएको छ भने माओबादी उम्मेदवार सुरविर राईले प्रहरी एकपक्षिय भएको आरोप लगाउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार