‘म एमालेको मान्छे हुँ, तर भोट आङगेलुलाई हाल्छु, राम्रो काम गर्नुस्’

जनतालाई बेईमानी गर्दिन

संबाददाता
सोलुखुम्बु/२९ कात्तिक,

प्रदेश सभा क्षेत्र नम्बर २ का काँग्रेस उम्मेदवार आङगेलु शेर्पा जिल्लाको केरुङ गोरा र टाप्टिङ क्षेत्रको भ्रमणमा निस्किएका थिए । विहान उनी टाप्टिङको गाउँमा घुम्दै थिए । घरदैलोमा निश्किेका शेर्पा गाउँको गल्लिको बाटो हुँदै केही सहयात्रीका साथ गन्तब्यमा लाग्दै थिए । बाटो माथिबाट एउटा आवाज आयो । पख्नुस् त, आङगेलु भन्ने तपाई हो ? शेर्पा रोकिएर भने, ‘हो मै हो आङगेलु’ । बाटो माथिको जुन घरबाट आवाज आयो त्यहाँ एमाले पार्टीको झण्डा गाडिएको थियो । उनी झस्किए एमालेको झण्डा गाडेको घरबाट आङगेलुको सोधी खोजि भएपछि । अन्दाजी ४० बर्षका ती पुरुषले घरमै बोलाए र भने, ‘तपाईहरु मेरो घरमा आउनु परो’ । मतदाताले बोलएर पछि जुन पार्टीको मान्छे भए पनि आङगेलु गए । घरको दलिनमा गुन्द्रि निकालेर पेशाले कृषिमा सम्लग्न ती मतदाताले भने, ‘हेर्नुस म आस्थाका हिसाबले एमालेको मान्छे हुँ, मेरो घरमा एमालेको झण्डा छ तर यो पटक मेरो भोट तपाइलाइ हुन्छ, हाम्रो घरमा ५ भोट छन्, सबै भोट तपाईलाई ।’ शेर्पाको हात समाउँदै उनले थपे, ‘आङगेलु शेर्पा जस्तो मान्छे उम्मेदवार बन्दा मैले पार्टी हेर्ने कुरै भएन, नेता असल भयो भने मात्रै हाम्रो गाउँ बन्छ, यो पटकलाई हाम्रो भोट तपाँइलाई हुन्छ तर ५ बर्ष भित्र हाम्रो गाउँ बन्नु प¥यो ।’

उनले गोरा र टाप्टिङको भ्रमणमा यस्ता धेरै मतदाता भेटे जो जुन पार्टीका भए पनि आङगेलु शेर्पालाई एक पटक भोट दिन लालयित छन् । द्वन्द कालमा लोक जागरण अभियान चलाएदेखि जिल्लामा सालिन, लोकप्रिय र प्रखरबक्ताको साथै जनप्रिय नेताको छाप बनाएका शेर्पाले आफ्ना चुनावी एजेण्डा सहित जनताको घरदैलो गरिरहेका छन् ।

पार्टीका नेता तथा कार्यकर्ता सहित जब साविकको केरुङ गाविस छिरे त्यहाँ त्यस्तै संयोग जु¥यो । माओबादीमा लामो समय ब्यतित गरेका एक जना अगुवा कार्यकर्ता रहेछन् उनी । उनले आङगेलु शेर्पाको बारेमा धेरै कुरा सुनेका र पत्रपित्रकामा विभिन्न लेखहरु पढेका रहेछन् । जम्काभेटमा परेका अन्दाजी २८ बर्षिया युवाले पनि उनलाई देख्ना साथ भने, ‘ओहो तपाई सँग नसोचेको भेट भयो त’ आङगेलुले हात जोरेर भने ल म चुनावमा उठेको छु मलाई सहयोग गर्नुप¥यो ।’ उनको बचन भुईमा खस्न नपाउँदै ती युवाले भने, ‘तपाई माग्न नआए पनि म एक भोट तपाईलाई नै दिने वाला थिए’ उनले थपे ‘मलाई राम्रो सँग थाहा छ, हामीले मुलुकमा परिवर्तनका लागि हतियार उठाएर लडाई लड्दै गर्दा काँग्रेस भित्र गणतन्त्रको साहासिक कुरा गर्ने मध्येको तपाइ पनि एक हो, त्यही भएर म जस्ता धेरैले यो पटकको तपाइको अग्रगामी विचारको सम्मान र साहासिक राजनितिको कदरका लागि यो पटक भोट दिने निर्णय गरेका छौँ ।’

चुनाबी अभियानका क्रममा उनलाई धेरैले साथ र समर्थन गरिरहेका छन् । सो क्रममा उम्मेदवार शेर्पाले आफुले जितेपछि जनतालाई कहिल्यै बेईमानी नगर्ने बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार