कांग्रेसको चुनाबी सभामा मृगौला पिडित शेर्पालाई १ लाख ६८ हजार आर्थिक सहयोग

संबाददाता
सोलुखुम्बु, ३० कात्तिक

नेपाली कांग्रेसको चुनाबी सभामा मृगौला फेल भएका सोलुखुम्बुका पासाङ शेर्पाको उपचारका लागि एक लाख ६८ हजार रकम संकलन भएको छ ।

सल्लेरीको नयाँ बजारमा भएको सभामा सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले ब्यक्तिगत २५ हजार, नगरपालिकाको तर्फबाट २५ हजार गरि ५० हजार आर्थिक सहयोग गर्नुभएको हो ।

त्यस्तै, नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति बिरेन्द्र सिहं कार्कीले डेनमार्क समितिको तर्फबाट एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । क्यानडामा बस्दै आएका नेपालीहरुमा सहयोग अभियान संचालन गरि थप सहयोग पहल समेत गर्ने बताउनुभएको छ ।

नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति बिरेन्द्र सिहं कार्की

साथै, सभामा उपस्थिती व्यक्तिहरुवाट नगद १८ हजार रकम संकलन भएको नेपाल कृषि तथा भेटेरीनरी प्राविधिक हकहित संरक्षण समितिका अध्यक्ष रश्विन मगरले जानकारी दिनुभयो ।

हाल काठमाण्डौमा डाईलोसिस गराईरहेका शेर्पालाई मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले आर्थिक अभाव देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार