शान्ति सुरक्षा कमजोर भएपछि सिडिओ तानिए, सुरक्षा नदिएको बाम गठबन्धन सोताङको आरोप

सोलुखुम्बु । प्रदेस तथा प्रतिनिधि सभा निर्वाचनका मुखैमा सोलुखुम्बुमा शान्ति सुरक्षाको अवस्था ज्यादै कमजोर भएपछि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई गृह मन्त्रालयले फिर्ता बोेलाएको छ । निर्वाचनको समय पाँच दिन मात्रै बाँकी हुँदा जिल्लाको सुरक्षाका विषयमा सर्वत्र आलोचना भएपछि सोलुखुम्बुका प्रजिअ थापालाई सरुवा गरी नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा सुनिल खनाललाई खटाएको हो ।

सोलुखुम्बुको सुरक्षा स्थिति मजबुत नहुँदा सोताङमा एक साताअघि भएको नेपाली काँग्रेस र बाम गठबन्धनको टोलीबिच झडपमा दुवैतर्फका गरी दुई जना सख्त घाइते भएका थिए । त्यस घटनापछि बाम गठबन्धनले विज्ञप्ती निकालेर शान्ति सुरक्षा नभएको भन्दै प्रशासनको कडा आलोचना गरेको थियो ।

जिल्लाका मुख्य प्रतिस्पर्धी बाम गठबन्धन र नेपाली काँग्रेसका तर्फबाट दिनप्रतिदिन शान्ति सुरक्षाका विषयमा ध्यानाकर्षण गराउन थालेपछि बाध्य भएर प्रजिअ थापालाई सरुवा गर्नु परेको गृह मन्त्रालय स्रोतले जनाएको छ । सोताङको घटनालगतै जिल्लाभरीका जनतामा असुरक्षाको महशुस बढ्दै गएपछि मतदातादाई ढुक्क भएर मतदान गर्ने वातावरण निर्माणका लागि यस्तो कदम चाल्नुपरेको गृहले बताएको छ ।

यसैबिच, यसअघि झडप भएको स्थान सोताङ बजारमा बाम गठबन्धन निर्वाचन परिचालन समितिले सुरक्षाकर्मी गैरजिम्मेवार बनेको बताएको छ । बाम गठबन्धन सोताङले मङ्लबार सोताङ गाउँपालिकाको विभिन्न स्थानमा गरेको ¥यालीमा कुनैपनि सुरक्षाकर्मीको उपस्तिथि नरहेपछि गठबन्धन सुरक्षाकर्मीप्रति आक्रोशित बनेको हो । बाम गठबन्धन निर्वाचन परिचालन समितिका सयोजक तथा सोताङ गाउँपालिका प्रमुख वीरबहादुर राईले सुरक्षाकर्मी गैरजिम्मेवार भएको आरोप लगाएको स्थानीय पत्रकार जेपी थुलुङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार